मोरङ।

मोरङको ग्रामथान गाउँपालिका–४ स्थित लोन्ध्रा खोलामा डुबेर एक युवकको मृत्यु भएको छ ।
स्थानिय ३० बर्षीय बसन्त माझी लोन्ध्रा खोलामा पसी बालुवा निकाल्ने क्रममा पानीमा डुबेर मृत अवस्थामा फेला परेका थिए ।
घटना स्थलमा तत्काल इलाका प्रहरी बेलाबारीबाट प्रहरी अधिकृत सहितको टोली खटि मृतक लाशलाई पोष्टमार्टमको लागि कोशी अस्पताल बिराटनगर पठाएको छ भने घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले छ ।






























