झापामा कांग्रेसकी महिला उम्मेदवार निर्विरोध निर्वाचित

0
401

झापा ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा झापामा नेपाली कांग्रेसले विजयी शुरुवात गरेको छ ।

कचनकवल गाउँपालिकामा वडा सदस्य निर्विरोध निर्वाचित भएसंगै नेपाली कांग्रेसले खाता खोलेको हो । कचनकवल गाउँपालिका–४मा दलित महिला सदस्य बिजली दास निर्विरोध भएसँगै नेपाली कांग्रेसले बिजयी शुरुवात गरेको हो । वडा नम्वर ४ मा नेपाली कांग्रेसकी उम्मेदवार दासको मात्रै उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । २५ वर्षीया दासले आफ्नो उम्मेदवारी दर्ता गराएकी थिइन् ।

यो पालिकामा अध्यक्ष पदका लागि १० र उपाध्यक्ष पदका लागि ६ जनाको उम्मेदवारी परेको छ । सात वटा वडामा वडाध्यक्षका लागि ४१, महिला २९, दलित महिला २३ र खुल्ला सदस्यमा ६८ गरी १७७ जनाले उम्मेदवारी दिएका छन् ।

गाउँपालिका अध्यक्ष पदका लागि नेपाली कांग्रेसका कालेन्द्रप्रसादसिंह राजवंशी, एमालेका दुर्गादेवी नेपाल, बुद्धिप्रसाद नेपाल माओवादी केन्द्र, ज्ञानबहादुर राई जसपा, कर्णलाल राजवंशी लोसपा, खेपचरण यादव एस, अञ्जरा आलम राप्रपा, वाकसिंह राजवंशी जपा, मेखबहादुर भट्टराई स्वतन्त्र र बिनोदकुमार खरेल स्वतन्त्र रहेका छन् ।

उपाध्यक्ष पदका लागि नवराज भट्टराई एमाले, सेलेतुन खातुन कांग्रेस, भागीरथा अधिकारी माओवादी, हेलामति राजवंशी लोसपा, निमसरी राजवंशी राप्रपा, सरस्वती मुखिया जपाले मनोनयन दर्ता गरेका छन् ।

त्यसैगरी वडा नम्वर १ बाट वडाध्यक्षका लागि धनलाल राजवंशी एमाले, महावीर लिम्बू कांग्रेस, नारायणसिंह राजवंशी माओवादी, वाझारुलाल राजवंशी लोसपा र लक्ष्मी नारायण यादव राप्रंपाले मनोनयन दर्ता गरेका छन् ।

वडा नम्वर २मा वडाध्यक्षका लागि लेखनाथ खत्री एमाले, सुरजकुमार भट्टराई नेका, मुक्तिमान श्रेष्ठ माओवादी, हंशनारायण राजवंशी लोसपा, थानबहादुर थापा नेकपा एस र हरि नारायण चौहान राप्रपाले मनोनयन दर्ता गराएका छन् ।

त्यस्तै ३ मा प्रकाश खनाल एमाले, ग्यास आजमल मिया नेका, लीलाधरप्रसाद राजवंशी माओवादी, मुनि राजवंशी लोसपा, मेहेरमानसिंह राजवंशी नेकपा एस र बिजयकुमार राजवंशी राप्रपाले वडाध्यक्षका लागि मनोनयन गरेका छन् ।

त्यस्तै वडा नम्वर ४मा वडाध्यक्षका लागि नुरुजजमा मिया नेका, पूर्णबहादुर भण्डारी माओवादी, आवास मिया लोसपा, मोहनचन्द्र गणेश राप्रपा, बिजयसिंह राजवंशी जपा र पर्मानन्दसिंह राजवंशी स्वतन्त्रले मनोनयन दर्ता गरेका छन् ।

त्यस्तै वडा नम्वर ५बाट इस्माइल मिया एमाले, मो. नुर आलम नेका, फूलचन्द्र गणेश लोसपा र देवेन्द्रप्रसाद राजवंशी राप्रपाले वडाध्यक्षमा मनोनयन गरेका छन् । वडा नम्वर ६ बाट वडाध्यक्षका लागि कुलबहादुर कार्की एमाले, चिन्तामणि खरेल नेका, हरि वस्नेत माओवादी, टीकालाल राजवंशी लोसपा, ह्दयनारायण राजवंशी राप्रपा, रामनाथ साह सोनार जपा र निश्चल दाहाल स्वतन्त्रले मनोनयन गरेका छन् ।

वडानम्वर ७ मा वडाध्यक्षका लागि एमालेका चेतराज भट्टराई, नेकाका भरत राजवंशी, माओवादीका सुकराज लिम्बू इदिङ्गो, लोसपाका खड्ग राजवंशी, राप्रपाका मनप्रसाद खनाल, जपाका हरषलाल राजवंशी र स्वतन्त्र पूर्ण विक्रम भट्टराईले मनोनयन दर्ता गराएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here