झापामा १४२ जनाको उम्मेदवारी फिर्ता

0
640

झापा, स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दिएकामध्ये ११ प्रमुख÷अध्यक्ष र १० उपप्रमुख÷उपाध्यक्षसहित १४२ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । झापाका १५ वटा पालिकामा विभिन्न पदका लागि दुई हजार नौ सय १४ जनाले उम्मेदवारी दिएका थिए ।
उता मेचीनगर–११ मा नेकपा एमालेकी रञ्जिता नेपाली निर्विरोध निर्वाचित भएकी छन् । आसन्न बैशाख ३० गते हुने स्थानीय तहको चुनावमा एमालेबाट उनी मेचीनगरमा पहिलो जनप्रतिनिधिको रुपमा निर्विरोध निर्वाचित भएकी हुन् ।

उम्मेद्वारी फिर्ता दिनेहरुको नामावली ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here