इलाममा दुई जनाको हत्यामा संग्लग्न तीन जना पक्राउ

0
542

इलाम ।

मृत फेला परेकी इलाम नगरपालिका–८ कि ३१ बर्षीया बिनिता काफ्लेको हत्या आरोपमा संग्लग्न स्थानीय ४२ बर्षीय देवेन्द्र रिमाललाई जिल्ला प्रहरी कार्यालय इलामले पक्राउ गरेको छ ।

बैशाख १७ गते इलाम नगरपालिका–८ सिङफ्रिङ बेलडाँडामा टाउको र शरिरका बिभिन्न भाग छुट्टाछुटै भई खाल्डोमा पुरिएको अवस्थामा काफ्लेको शव फेला परेको थियो ।

शव फेला परे संगै अनुसन्धानको क्रममा रिमालसंग काफ्लेको घनिष्ट सम्बन्ध रहेको खुलेसंगै उनलाई पक्राउ गरिएको र सोधपुछको क्रममा रिमाले उक्त घटना आफैले घटाएको भनेर साबिति बयान दिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

त्यसैगरी देउमाई नगरपालिका–७ का ४५ बर्षीय सन्तोष बाला राईको हत्या गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बैशाख १५ गते स्थानीय स्वास्थ्य चौकीबाट कोरोनाको खोप लगाई फर्कदै गरेका राईको हत्या सम्बन्धमा अनुसन्धान गर्ने क्रममा दुई जनालाई जिल्ला प्रहरी कार्यालय इलामले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा देउमाई नगरपालिका–७ चुलिगाउँका २३ बर्षीय भुपेन राई र उनकै भाई २० बर्षीय श्रीचन्द्र राई रहेका छन् । उनीहरुले कोरोनाको खोप लगाई घर फर्कदै गरेका राईलाई बाटोमा सामान्य बादबिबादकै क्रममा अन्धाधुन्द कुटपिट गरी हत्या गरेको खुलेसंगै दुबै जनालाई पक्राउ गरी घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here