लागूऔषध सहित चार जना पक्राउ

0
234

बिराटनगर।

उदयपुर र मोरङको छुट्टा छुट्टै दुई स्थानबाट लागूऔषध सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

चौदण्डीगढी नगरपालिका–६ रातमाटेस्थितमा इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले प्रदेश १–०५–००१ प १४०७ नम्बरको मोटरसाईकललाई रोकी चेकजाँच गर्ने क्रममा मोटरसाईकलमा सवार रहेका चौदण्डीगढी–६ बेल्टारका २९ वर्षीय अनिष काफ्ले र २५ बर्षीय कालु राईको साथबाट फेनारागन २८ एम्पुल, लिजेसिक २८ एम्पुल र डाईजेपाम २९ एम्पुल बरामद गरेको हो ।

यता मोरङको बिराटनगर महानगरपालिका–१७ मटेरुवास्थितमा अस्थायी प्रहरी पोष्ट मटेरुवाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको बीआर ३८ भी ३२५१ नम्बरको मोटरसाईकलमा सवार रहेका भारत अररिया सोनामनीका कन्हैया कुमार ठाकुर र बिकाश ठाकुरलाई ३.०६ ग्राम प्रतिबन्धित ब्राउनसुगर सहित पक्राउ गरेको हो ।

लागूऔषध सहित पक्राउ परेका चारै जनाको थप अनुसन्धान भईरहेको प्रदेश–१ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here