सुनसरी।

सुनसरीको बराहक्षेत्र नगरपालिका–१ को बाघ खोलाले टेम्पो बगाउँदा एक जनाको मत्यु भएको छ ।
चतराबाट धरान तर्फ आउँदै गरेको को २ ह ८९८५ नम्बरको टेम्पोलाई अचानक बाघखोलाले बगाउँदा टेम्पोमा सवार बराहक्षेत्र नगरपालिका–१ की १७ बर्षीया स्टिफिना राई र चालक धरान–१७ का २२ बर्षीय राजु राई बेपत्ता भएका थिए ।
टेम्पोलाई खोलाले बगाई बेपत्ता भएको भन्ने खबर प्राप्त भएसंगै तत्काल ईलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा चालकलाई सामान्य घाईते अवस्थामा उद्धार गरेको तथा स्टिफिना राईलाई मृत अवस्थामा फेला पारेको थियो ।
घाईते चालकलाई उपचारको लागि धरान पठाएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।































