‘मेची महाकाली बृद्धाश्रम’ निर्माण

0
785

सुरुङ्गा कात्तिक १९ कष्टपूर्ण जीवन गुजारिरहेका बृद्ध माता–पितालाई व्यवस्थित गाँस–वासको व्यवस्था मिलाउन झापाको कनकाई नगरपालिका कोटीहोममा ‘मेची महाकाली बृद्धाश्रम’ निर्माण कार्य अघि बढाइएको छ । कनकाई धाम धार्मिक विकास संस्थाले प्रदान गरेको दुई कठ्ठा जग्गामा कार्यालय र सभाहलसहित ४६ कोठाको बृद्धाश्रम निर्माण कार्य शुरु गरिएको संस्थाका अध्यक्ष शिवकुमार चुडालले जानकारी दिए । मेचीबाट शुरु भएको अभियान महाकालीसम्म पु¥याउन र आवश्यक सहयोग गर्न कुवेतमा समेत मेचीमहाकाली बृद्धाश्रम नेपालका लागि कुवेत समिति बनाइएको छ । कुल एक करोड ३४ लाख रुपैयाँको लागत इस्टीमेटमा निर्माण शुरु गरिएको मेचीकाली बृद्धाश्रमका लागि कुवेतबाट मात्र १२ लाख रुपैयाँ बराबर सहयोग प्रदान गरिएको कुवेत समितिका अध्यक्ष धर्मराज गिरीले बताए । एनआरएनए एनसीसी कुवेतका अध्यक्ष समेत रहेका गिरीका अनुसार प्रवासमा रहेका नेपालीहरुलाई आव्हान गर्ने र अन्य देशमा बैदेशिक शाखा गठन गर्दै विभिन्न कार्यक्रम मार्फत बृद्धाश्रमका लागि सहयोग संकलन भयरहेको छ । बृद्धाश्रमको पहिलो तला ढलाइको तयारी भइरहेको बताइएको छ । बृद्धाश्रमको गत जेठ २२ गते शिलान्यास भएको थियो । आर्थिक अभावका कारण नियमित निर्माण कार्यमा समस्या भइरहेको पनि समितिले जनाएको छ । झापाबाट शुरु भउको मेची काली बृद्धाश्रम निर्माण कार्यमा समस्त झापाली, स्वदेशमा बस्ने नेपाली तथा प्रवासमा रहने नेपालीलाई सक्दो सहयोग गरिदिन कुवेत समितिका अध्यक्ष गिरीले आव्हान गरेका छन् । बृद्ध माता पिताको सेवा नै जीवनको उत्कृष्ट कार्य हुने भन्दै समितिले सहयोगको याचना गरेको छ । झापा निवासी धर्मराज गिरीकै सोच र अगुवाइमा बृद्धाश्रम निर्माण अभियान थालिएको बताइएको छ । वेसहारा बनेका बृद्धबृद्धाहरुको उचित व्यवस्थापन, उनीहरुको रेखदेख र पालनपोषणका लागि मेची–महाकाली बृद्धाश्रम खोलिएको समितिको भनाइ छ । समितिले सहयोगका लागि सबैमा अपिल गर्दै भनेको छ– ‘तपाइ हाम्रो सानो सहयोग बृद्ध आमा बुबाको लागि ।’ बृद्धाश्रमका लागि एनसीसी कुवेतसँगै गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्ले पनि सहयोग गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here