चिठ्ठा परेको भन्दै सर्वसाधारणलाई ठगी गर्ने पक्राउ

0
537

वीरगञ्ज,

चिठ्ठा परेको भन्दै सर्वसाधारणसँग नगद रकम ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । एनसेल लक्की ड्रमार्फत चिठ्ठा परेको भन्दै ठगी गर्ने पर्सा पटेर्वा सुगौली गाउँपालिका–१ बस्ने करिब ६५ वर्षका गणेश सहनी भनिने गणेश चौधरीलाई पर्सा प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरी टोलीले आरोपित चौधरीलाई उनकै घरबाट पक्राउ गरी जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीले बताउनुभयो ।

चौधरीले बाग्लुङको पाण्डवखानी स्थायी घर भई हाल कास्कीको पोखरा उपमहानगरपालिका–१६ मा बस्दै आउनुभएकी २५ वर्षीया रीता श्रेष्ठलाई ठगी गरेको आरोप छ ।

सङ्गठित अपराधमा संलग्नसमेत रहेका चौधरीले ठगी गरेपछि पीडित श्रेष्ठको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी बनाई सम्मानित अदालत वीरगञ्जको मिति २०७३ असार २९ गते तथा उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जको २०७५ जेठ ८ गतेको फैसलाले चौधरीलाई एक वर्ष कैद रु पाँच हजार सजाए तोकिएको थियो ।

उक्त फैसलालाई कार्यान्यनका लागि चौधरीलाई पक्राउ गरी जिल्ला अदालमा बुझाइएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here