धान कुट्ने मुश्लिले बुबालाई टाउकोमा प्रहार गर्दा…

0
462

तेह्रथुम ।

तेह्रथुमको छथर गाउँपालिका–५ ठकुरी टोलका ५३ बर्षीय भक्तबहादुर भण्डारीको छोराको कुटपिटबाट मृत्यु भएको छ ।

आज बिहान भण्डारीका २४ बर्षीय छोरा टंक भण्डारीले अचानक धान कुट्ने मुश्लिले बुबालाई टाउकोमा प्रहार गरी घाईते बनाएको भन्ने खबर प्राप्त भएसंगै प्रहरी चौकी शुक्रवारेबाट प्रहरी टोली खटि गई घाईतेलाई उपचारको लागी छथर अस्पताल पठाएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।

घटनामा संग्लग्न छोरा टंक भण्डारी तत्काल फरार रहेको र उनको खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here