उमानाथ भण्डारी,
कमल ।

कारितास नेपालको प्रादेशिक कार्यालय दमकले आज आफ्नो वार्षिक कार्यक्रमको समिक्षा बैठक सम्पन्न गरेको छ ।
दकम स्थित फाईन होटलको सभाहलमा भएको समिक्षा बैठक विध्यालयमा आधारीत विपद् जोखिम न्युनिकरणका विषयमा भएका विभिन्न चरनण भएका कार्यक्रमको समिक्षा गरिएको थियो ।
झपाको कमल गाउँपालिकामा रहेका सामुदायीक विध्यालयहरु मध्ये विपद्को जोखिममा परेका ७ वडा विध्यालयका विध्यालय व्यवस्थापन समितीका अध्यक्ष, प्रधानाध्यापक, फोकल पर्सन, जनप्रतिनिधी लगायतको उपस्थिती रहेको थियो ।
कारितास नेपालले २०१९ अगस्ट देखि ३० जुलाई २०२२ सम्म कमल गाउँपालिकामा सन्चालन गरेका कार्यक्रमका बारेमा कारितास नेपालका परियोजना अधिकृत विपिन घिमिरेले सहभागीलाई जनाकारी गराउनु भएको थियो । सन्चालन भएका कार्यक्रम अन्तर्गत विध्यालयमा शुद्ध खानेपानी तथा सरसफाई कृयाकलाप , शौचालय निर्माण, डस्ट विन वितरण लगायतका कार्यक्रम सन्चालन गरिएको थियो ।

त्यसैगरी साना तथा मझौला अल्पिकरण कार्यक्रम अन्तर्गत विपद्को समयमा गरिने विभिन्न प्रकारका कार्यक्रम सन्चालन भएको थियो भने विपद्का समयमा हुन सक्ने घटना बाट जोगीने उपाय र विपद् घटी सकेपछी उद्वारका समयमा गरिने पुर्व तयारीका विषयमा सरोकार वाला संग अन्तरक्रिया सचेतनात्मक कार्यक्रम सन्चालन भएको कारितास नेपाले जनाएको छ ।
कारितास नेपालले विध्यालयमा आधारित विपद् जोखिम न्युनिकरण परियोजना सन्चालन गरेपछि विध्यालयमा धेरै परिबर्तन आएको छ । विध्यालयमा शौचालय निर्माण, शुद्ध खानेपनिको व्यवस्थापन,विपद्को पुर्व तयारी,लगातका क्षेत्रमा सहयोग गरेको कमला मदन आश्रीत स्मृती माध्यमिक विध्यालयका प्रधानध्यापक हिमप्रसाद दाहालले बताउनु भयो ।
कमल गाउँपालिकामा कारितास नेपालले विध्यालयमा आधारित विपद् जोखिम न्युनिकरण परियोजना सन्चालन गरेपछि विध्यालयको शैक्षिक सुधारमा धेरै परिबर्तन भएको र आगामी दिनमा समृद्ध कमल निर्माणमा यस्ता कार्यक्रमले सहयोग पुग्ने कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपानेले बताउनुभयो ।

कारितास नेपालले कमल गाउँपालिकामा शिक्षाका क्षेत्रमा धेरै कार्यक्रम गरेका छौ । कार्यक्रमलाई सफल बनाउन यहाँहरुको ठुलो भुमिका छ । विध्यार्थि भनेको काँचो माटो हो जस्तो बनाउन चायो त्यस्तै बनाउन सकिन्छ भन्ने कुरा अहिले फरक भएको छ । विद्यार्थी कस्तो बन्न चाहान्छ ? उ त्यस्तै बन्ने हो । आगामी दिनमा सामाजिक परामर्श र लागू औषधका विषयमा समेत कार्यक्रम सन्चालन गर्न आवश्यक रहेको कारितास नेपाल प्रदेशिक कार्यालय दमकका प्रमुख देवेन्द्र पोख्रेलले बताउनुभयो ।
कार्यक्रममा कमल गाउँपालिका शिक्षा शाखा प्रमुख सुर्य प्रसाद न्यौपाने, नरेन्द्र जनता माध्यमिक विद्यालय कमल १ का प्रधानाध्यापक बद्री कार्की, कालिका आधारभूत विद्यालयका फोकल पर्सन शिक्षक दुर्गा प्रसाद चापागाई, अरनिको आधारभुत विद्यालयका फोकल पर्सन शिक्षक प्रदीप कोईराला , कमल गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख रेनुका गौतम, ईन्जिनियर सागर यादव लगायतले कारितास नेपालले गरेको कामको प्रशंसा गर्दै धन्यवाद दिनुभएको थियो ।






























