झापा।

प्रहरीले लागूऔषध ब्राउन सगुर सहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापा अर्जुनधारा नगरपालिका वडा नम्बर ११ बुट्टाबारीस्थित देवराज भारतीको घरमा डेरा गरी बस्ने २५ बर्षीया आइसा गिरी रहेकी छन् ।
अस्थाई प्रहरी चौकी सालबारीबाट खटिएको प्रहरी टोलीले गिरीलाई लागुऔषध ब्राउन सुगर एक ग्राम सहित कोठैबाट पक्राउ गरेको हो । ब्राउन सुगर सहित पक्राउ परेकी गिरीको ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






























