संविधान दिवसकाे अवसरमा पथरीशनिश्चरेमा विविध कार्यक्रम

0
365

छविराज ढकाल/ पथरीशनिश्चरे,

पथरीशनिश्चरे नगरपालिकाको वडा नं ०२ले हरित वडा बनाउने अभिप्रायले नगरअस्पताल परिसरमा विभिन्न प्रजातिका विरूवाहरू रोपेको छ ।

सोमबार विहान संविधान दिवसकाे अवसर पारेर पथरीशनिश्चरे नगर प्रमुख मोहन प्रसाद तुम्बापोले विभिन्न प्रजातिका विरूवाहरूको वृक्षारोपण कार्यक्रमको उद्घाटन गर्नुभएको हो। वडा क्षेत्रमा अभियानको रुपमा संचालन गरिरहेको वृक्षारोपण कार्यक्रमलाई निरन्तरता दिदैं आएको वडाध्यक्ष नैना सिंह राईले जानकारी दिनुभयो।

कपुर, धुपी,सल्ला, स्वामी, अशोक ,अमला, जस्ता विभिन्न प्रकारका विरूवा रोप्दै हरित नगरअस्पतालको रूपमा परिणत गर्दै उपचारका लागि आउने विमारीहरूले स्वास्थ्य लाभको लागि स्वच्छ, स्वास्थ्य र उपर्युक्त वातावरणमैत्री अस्पताल स्थापना गर्नु मुख्य उद्देश्य रहेको वडाध्यक्ष राईले बताएका छन्।

उक्त अवसरमा पथरीशनिश्चरे नगरका स्वास्थ्य प्रमुख मुरारी प्रसाद आचार्य, वडाध्यक्ष नैना सिंह राई, वडा सदस्यहरू क्रमशः चन्द्र कुमार राई, खिला नाथ घिमिरे, अम्बिका लिम्बु , पूर्व वडा अध्यक्ष रामप्रसाद गुरागाईं, अग्निप्रसाद गुरुङ, अस्पतालमा कार्यरत कर्मचारी, का विभिन्न संघ संस्थाका प्रतिनिधिहरु तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेकाे थियो। यसैगरी , वडा नं २ ले आजै वडा कार्यालयमा नेपालको नयाँ राष्ट्रिय झण्डा फेर्दै झण्डोत्तोलन गरेकाे र बेलुकी पख दिप प्रज्वलन गर्ने कार्यक्रम रहेको वडाध्यक्ष राईले बताउनुभयो।

यसैगरी, वडा नं ४ मा संविधान दिवसकै अवसरमा वडा कार्यलयमा झण्डात्तोलन सहित अति विपन्न १८ परिवारलाई सुधारिएको चुल्हो वितरण गरिएको वडाध्यक्ष लोककिरण न्यौपानेले बताउनु भएको छ भने वडा कार्यलय अघि सरसफाइ कार्यक्रम संचालन गरेको र सांझमा ५ बजे दिप प्रज्वलन कार्यक्रम रहेको जनाएका छन्।

त्यस्तै, वडा नं ८ का वडाध्यक्ष नवीन कार्कीले लामो संघर्ष र बलिदानको फलस्वरूप प्राप्त नेपाली जनतालाई सार्बभौमसत्ता सम्पन्न  बनाउने नेपालको संविधान २०७२ जारी भएको दिन “संविधान दिवस”को अवसरमा आफ्नो वडाले सोमबार बिहान ७ बजे शुक्रबारे बजार र डांसखोला सरसफाइ कार्यक्रम आयोजना गरेको जनाउनुभएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here