कानेपाेखरीमा जितिया पर्व विशेष कार्यक्रम

0
398

पथरीशनिश्चरे,

माेरङ्काे कानेपाेखरी – २ थारुचाेकमा लेङ्गगिक हिसाँ विरुद्ध जितिया विशेष साँस्कृतिक कार्यक्रम थारु जागरण सेवा क्लवकाे आयाेजनामा सम्पन्न भएकाे छ ।

२०७९ को जितिया पर्वमा खरजितिया परेकाे हुनाले थारुचाेकमा जितमहान भगवानकाे मुर्ति तथा पोखरी बनाई पूजाअर्चनासहित जितमहानकाे कथा भन्दै नयाँ विवाहित तथा पुराना वर्तालुहरुले पर्वको विधिपूर्वक सम्पन्न गरेका हुन्।

कानेपाेखरी गाउँपालिका अध्यक्ष राजमित इङ्गनामकाे प्रमुख आतिथ्यता तथा कानेपाेखरी गाउँपालिका उपाध्यक्ष भाेला अधिकारीकाे विशिष्ट आतिथ्यतामा रहेकाे कार्यक्रममा वडाका वडा अध्यक्षहरु, संघ संस्थाका पदाधिकारीहरु, वडा सदस्य तथा राजनिति दलका प्रतिनिधिहरु पत्रकार लगायतकाे उपस्थिति रहेकाे थियाे ।

पूजा विधिपूर्वक सम्पन्न भएको मौलिक परम्परा र विधिमा आधारित कार्यक्रमले व्रतालु महिलाहरु खरजितिया शुद्ध व्रत सफल भएको अनुभव गरेका छन् । सन्तान सुख समृद्धिका लागि विधिपूर्वक कथा वाचन र पूजागर्दै कथा श्रवणले व्रत बसेको अवस्थामा मनाेकामना पुरा हुने वर्तालु महिलाहरु बताउँछन ।जितियाको धार्मिक कर्म अनुसार कार्यक्रम गर्दा र सहभागी हुन पाउँदा व्रत सफल हुने बिश्वस्त रहेको बताउनु भयो ।

कार्यक्रम पानसमा दीप प्रज्वलन गरेर समुदघाटन प्रमुख अथिति राजमित इङ्गनामले गर्नु हुदै याे तिज जस्तै वर्त हाे । तर तिजमा पानी खाइन्छ ,याे जितयामा तपाईहरु पनि पानी खानु। अब पुराना परम्परालाई केही सुधार्नु पर्छ । आफ्नाे शरीरकाे ख्याल गरेर वर्त वस्दा राम्राे हुन्छ । विरामीभइ भइ वर्त बस्नु राम्राे हैन भन्नै कुराकाे जाेड दिनु भयाे ।

थारु साँस्कृतिक नाच , सेलाे नाच तथा सुजन ढकालकाे कमेडी प्रस्तुत भएकाे कार्यक्रममा ३ हजार दर्शकहरुकाे उपस्थिति रहेकाे थियाे ।‌औपचारिक ‍‌‌‍‌कार्यक्रम विद्यानन्द चाैधरीले संचालन गरेका थिए भने अनाैपचारीक कार्यक्रम सनम राेकाया र राजकुमारी तामाङले संचालन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here