विराटनगरमा फिचर लेखन तालिम सुरु

0
197

पथरीशनिश्चरे,

मोरङका सञ्चारकर्मी तथा प्रशिक्षार्थी पत्रकारहरुलाई समाचार – फिचर लेखन सम्बन्धी ४ दिने पत्रकारिता तालिम सुरु भएको छ ।

नेपाल पत्रकार महासंघ केन्द्रिय समितिको आयोजना तथा नेपाल पत्रकार महासंघ मोरग शाखाको सहकार्यमा विराटनगरमा ४ दिने एडभान्स फिचर लेखन सम्बन्धी तालिम सुरु भएको हो ।

नेपाल पत्रकार महासंघ मोरङ शाखाको सभा हलमा सोमबारबाट आयोजित ४ दिने तालिममा पुर्वी मोरङ र विराटनगरका आधारभुत पत्रकारिता गरिसकेका ३० जना सञ्चारकर्मी तालिममा सहभागी भएको छन् ।

४ दिने समाचार – फिचर लेख्नसम्बन्धी तालिमलाई वरिष्ठ सञ्चारकर्मी तथा नेपाल पत्रकार महासघका पुर्व अध्यक्ष डाक्टर सुरेश आर्चय र पत्रकार महासंघका कार्यक्रम सयोजक राम दाहालले असोज ४–७ गतेसम्म प्रशिक्षण दिने कार्यक्रम रहेको पत्रकार महासंघ मोरङ शाखा सचिव नेत्र पी अधिकारीले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here