सहकारीद्वारा पत्रकार सेलिङ केसी सम्मानित

0
424

शिवसताक्षी ।

झापाको शिवसताक्षी–१ मा रहेको धरमपुर बचत तथा ंऋण शहकारी संस्थाको अध्यक्षमा कुमार शंकर चयन भएका छन् ।

संस्थाको १३औं साधरणसभा तथा पाँचौ अधिवेशनबाट कुमार शंकर सर्वसम्मत चयन भएका हुन् । त्यसैगरी संस्थाको उपाध्यक्षमा चन्द्रकुमार खड्का, सचिवमा नारदमणि रिमाल, कोषाध्यक्षमा जयकुमारी चेम्जोङ सर्वसम्मत चयन भएको निर्वाचन अधिकृत पदम रिमालले जानकारी दिए । त्यस्तै सदस्यहरुमा यामकुमार गुरुङ, निर्माला घिमिरे, चक्रबहादुर माझी, काजीमान बुढाथोकी र सावित्रा ढकाल चयन भएका छन् । त्यस्तै लेखा सुपरिवेक्षण समितिको संयोजकमा लक्ष्मीप्रसाद बजगाई, सदस्यहरुमा प्रेमप्रसाद पोखरेल र उमा कटुवाल चयन भएका छन् ।

साधारणसभामा संस्थाका अध्यक्ष दिपकुमार श्रेष्ठले बार्षिक प्रतिवेदन प्रस्तुत गरेको संस्थाका व्यवस्थापक बिनोद ढकालले जानकारी दिए ।

सोही कार्यक्रममा पत्रकारिता पुरस्कारबाट सतासी साप्ताहिकका सम्पादक तथा सताक्षी प्रेस क्लवका अध्यक्ष सेलिङ केसीलाई नगद पाँच हजार एक सय रुपैयाँसहित सम्मानपत्रले पुरस्कृत गरिएको छ । उनलाई संस्थाको गतिबिधिहरु पत्रकारिताको माध्यमबाट प्रचार–प्रसार गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै पुरस्कृत गरिएको बताइएको छ ।

वडाध्यक्ष लक्ष्मीप्रसाद चेम्जोङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा शिवसताक्षी नगरपालिकाका सहकारी बिभाग प्रमुख बद्री दाहाल, निर्वाचन अधिकृत पदम रिमाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here