युवा सञ्जालद्वारा स्वास्थ्य शिविर

0
377

मेचीनगर।

झापाको मेचीनगर–५ मा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

युवा सञ्जाल मेचीनगरको आयोजना तथा साइ सुमिरन मेडिकल हल इँटाभट्टा रजक आँखा उपचार केन्द्र धुलाबारीको प्राविधिक सहयोगमा मेचीनगर–५ नकलबन्दास्थित मेची आधारभूत विद्यालयमा स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
गंगा मेमोरियल इङ्लिस स्कूल नकलबन्दाको प्रायोजन रहेको स्वास्थ्य शिविरमा नकलबन्दा समाज विकास समिति लगायतका संघ–संस्थाले सहयोग गरेका थिए ।

युवा सञ्जाल मेचीनगरका अध्यक्ष सौरभ बस्नेको अध्यक्षतामा भएको कार्यक्रममा समाजसेवी गोपाल तामाङको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा मेचीनगर–५ का वडाध्यक्ष नारायण खड्का, कनक कार्की, युवा सञ्जालका सल्लाहकार, पूर्व जनप्रतिनिधि, सशस्त्र प्रहरी बल, जनपथ प्रहरी लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

संविधान दिवसको अवसर पारेर शुरु गरिएको बृहत स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रमलाई मेचीनगरका १५ वटै वडामा सञ्चालन गरिने जनाइएको छ ।

कार्यक्रममा प्रमुख अतिथि तामाङले युवाहरु भड्किए कुलतमा फस्ने उमेर हो । जागरुक र निष्ठावान भएर काम गरे देश बनाउने उमेर हो भन्दै युवा सञ्जालको प्रशंसा गरेका थिए । उनले युवा सञ्जालले अभियानकै रुपमा शुरु गरेको कार्यक्रमलाई सफल बनाउन आफूले सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

कार्यक्रमको सञ्चालन युवा सञ्जाल मेचीनगरका सचिव अर्जुन गौतमले गरेका थिए । स्वास्थ्य शिविरमा सयभन्दा बढीले स्वास्थ्य लिएको युवा सञ्जालकी प्रतिभा ढकालले जानकारी दिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here