अर्जुनधारामा मेलमिलापकर्ताहरुका लागि तीन दिने पुनर्ताजगी तालिम सुरु

0
296

अर्जुनधारा, झापाको अर्जुनधारा नगरपालिका अन्र्तगत रहेको न्यायिक समितिको आयोजनामा मेलमिलापकर्ताहरुका लागि शुक्रबारदेखि तीन दिने पुनर्ताजगी तालिम सुरु भएको छ ।
मेलमिलापकर्ताहरुलाई स्थानीय सरकार सञ्चालन ऐन् २०७४को दफा ४७को ‘क’, ‘ख’मा समावेश गरिएका विषयहरु तथा मेलामिलाप सम्बन्धी कानुनी व्यवस्थामा भएको परिवर्तन बारे जानकारी दिने उद्देश्यले उक्त तालिमको आयोजना गरिएको हो ।
नगरपालिकामा सूचीकृत ७५सहित ९० जना मेलमिलापकर्ताको सहभागिता रहेको तालिममा सहजकर्ताहरु झापा जिल्ला अदालतका न्यायाधीश डा.रमेश रिजाल, प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्र नेपालका संगीता थापा र चेतन विष्टले सहजिकरण गर्ने समितिकी कर्मचारी मायाकुमारी ऐरले जानकारी दिइन् ।
समितिकी संयोजक एवम् नगर उपप्रमुख खड्गमाया पराजुलीको अध्यक्षतामा आयोजित तालिम उद्घाटन कार्यक्रममा तालिमको औचित्य सदस्य टुम्मनाथ काफ्लेले र स्वागत सदस्य शर्मिला सुब्बाले गरेका थिए । उक्त कार्यक्रमको सञ्चालन कर्मचारी ऐरले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here