स्वस्तिकामा एनसीसी ४८औं ब्याच जुनियर डिभिजन तालिम सम्पन्न

0
154

अर्जुनधारा ।

राष्ट्रिय सेवा दल(एनसीसी)का लागि छनौट भएको झापाको अर्जुनधारा–८स्थित स्वस्तिका शिशु सदन अङग्रेजी माध्यमिक विद्यालयमा ४८औं ब्याच जुनियर डिभिजनको प्रदर्शनी तालिम मंगलबार सम्पन्न भएको छ ।

विद्यालयकी संस्थापक एवम् विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष इश्वरा श्रेष्ठको अध्यक्षता र नयाँ श्रीनाथ गण चारआलीका सेनानी अभिषेक विष्टको प्रमुख आतिथ्यमा आयोजित एक समारोहकोबिच तालिम सम्पन्न भएको हो ।

कार्यक्रममा तालिमका सहभागी प्रशिक्षार्थीहरुले मार्चपास, तेक्वान्दो, खुकुरी ड्रिल र एरोविक्स प्रस्तुत गरेका थिए । गत मंसीर १७ गते सम्पन्न भएको उक्त तालिमका सहभागीहरुको बाँकी तालिमहरु १६ दिन मोरङको याङसिलास्थित पूर्वी तालिम शिक्षालयको सामुहिक क्याम्पमा सञ्चालन हुने एनसीसी तालिमका प्रशिक्षक जनक शिवाकोटीले जानकारी दिए ।

विद्यालयका प्रधानाध्यापक खम्बसिंह बस्नेतले स्वागत गरेको कार्यक्रममा निजी तथा आवासिय विद्यालय संगठन(प्याब्सन) झापाका अध्यक्ष गौरीमान फागो, शिक्षक अभिभावक संघका अध्यक्ष दिपीन राईलगायतले मन्तव्य राखेका थिए । उक्त कार्यक्रमको सञ्चालन शिक्षक सीपी सुवेदीले गरेका थिए ।

दोस्रो पटक एनसीसीका लागि छनौट भएको विद्यालयको ४८औं ब्याच जुनियर डिभिजनमा १८ जना छात्र र १८ जना छात्रासहित जम्मा ३६ जना सहभागी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here