वर्ष उत्कृष्ठ शिक्षक सहित ११ विद्यार्थी पुरस्कृत

0
294

झापा, बिर्तामोड नगरपालिका – २ मा रहेको मोहनमाया माध्यमिक विद्यालयले ५५ औं बार्षिकोत्सव मनाएको छ । बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतरा प्रसाईको प्रमुख आतिथ्य तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष नाराायण राजवंशीको अध्यक्षतामा आयोजित कार्यक्रमकाबीच बिद्यालयले बार्षिकोत्स मनाएको हो । वार्षिक उत्सवको अवसरमा एसइइ नतिजामा नगरकै उत्कृष्ठ जीपीए ल्याएर उत्र्तीण हुने विद्यार्थी उज्ज्वल ढकाल सहित ११ जना विद्यार्थी र चार जना उत्कृष्ठ शिक्षकलाई सम्मान गरिएको थियो ।
सम्मानित हुने विद्यार्थी मध्ये नगरमै उत्कष्ठ नतिजा ल्याउने विद्यार्थी ढकालले एसइइमा ३.८५ जीपीए ल्याएको र अन्य १० जना विद्यार्थीले ३. ६ जीपीए ल्याएको कार्यक्रममा जानकारी दिइयो ।
विद्यालयले वर्ष उत्कृष्ठ शिक्षकको रुपमा रोहितकुमार गिरी, रागब गड्तौला, उषा संग्रौला , सुष्मा भट्टराई,प्रतिभा पोखरेल बराल र ममता कुमारी राजवंशी सम्मानित भएका छन् । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्रसाईले सम्मान पत्र प्रदान गरेकी थिइन् भने उत्कृष्ठ विद्यार्थीलाई पुरस्कार स्वरुप नगद प्रदान गरिएको थियो ।

सो समारोहमा सावित्री वस्नेत पुरस्कार र चन्द्र विष्णु राउत स्मृति पुरस्कार समेत बितरण गरिएको थियो ।
विद्यालयकी शिक्षक अनिता कार्की बस्नेतले स्वागत गरेको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शेरवहादुर श्रेष्ठले विद्यालयको शैक्षिक गतिविधि सहितको प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रधानाध्यापक श्रेष्ठले विद्यालयमा विद्यार्थीको चाप उच्च रहेको बताउँदै कक्षा कोठाको अभाव, शौचालयको अभाव, शिक्षक अभाव , पुस्तकालय र स्कूल वसको तत्काल आवश्यकता रहेको बताएका थिए । गत वर्ष सात सय ५१ जनाले आवेदन गरेकोमा २ सय ५१ जना मात्रै विद्यार्थी भर्ना गर्न सकिएको र यो वर्ष चार सयको हाराहारीमा विद्यार्थी थपिने भएको हुँदा विद्यालय भवन अपुग हुने बताएका थिए । सामुदायिक विद्यालय तर्फ नगरमा उत्कष्ठ नतिजा ल्याउन सफल भएका कारण पनि अभिभावकको रोजाईमा मोहनमाया पर्ने गरेको प्रधानाध्यकप श्रेष्ठको भनाई छ । मोहनमाया माध्यमिक विद्यालयमा हाल एक हजार ७ सय १७ जना विद्यार्थी अध्ययनरत रहेको बताइएको छ ।


विद्यालय सञ्चालनका लागि ६ करोड भन्दा बढी रुपैयाँ विभिन्न शीर्षकमा विद्यालयले आम्दानी गरेको र खर्च ५ करोड बढी भएको कार्यक्रममा जानकारी गराइएको थियो । विद्यालयका लागि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम मार्फत २६ लाख, आइसीटी अन्तरगतको इभेन्ट परियोजना मार्फत ३२ लाख , बिर्तामोड नगरपालिका वडा नम्वर २ बाट ५ लाख बिर्तामोड नगरपालिकाबाट फर्निचर निर्माणका लागि ३ लाख ४० हजार, शसर्त अनुदाान ६ लाख ५० हजार प्रविधिमैत्री कक्षा निर्माणका लागि नगरपालिकाबाट २ लाख ४० हजार र सहारा नेपालबाट ८० हजार रुैियाँ प्राप्त भएको कार्यक्रममा प्रधानाध्यापक श्रेष्ठले बताए । त्यस्तै प्रदेश सरकार अन्तरगत २ लाख रुपैयाँ प्राप्त भएको कार्यक्रममा जानकारी दिइयो ।


कार्यक्रममा जिल्ला शिक्षा समन्वय इकाई झापाका प्रमुख राजकुमार विक, बिर्तामोड नगरपालिका शिक्षा शाखा प्रमुख तीलचन भण्डारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।    

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here