सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु

0
205

बिराटनगर।

मोरङ र सुनसरीको छुट्टा–छुट्टै स्थानमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

मोरङको बिराटनगर महानगरपालिका–३ ढाट स्थितमा को ३८ प ५३८७ नम्बरको स्कुटर र प्रदेश १–०४–००१ ब ०००७ नम्बरको मोटरसाईकल एकआपसमा ठक्कर लागि दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक धरान उप-महानगरपालिका-८ सुनसरीका ५५ बर्षीय प्रेम बहादुर श्रेष्ठको उपचारको क्रममा बिराट मेडिकल कलेजमा मृत्यु भएको हो ।

त्यस्तै सुन्दरहरैचा नगरपालिका–७ स्थित भित्री सडक खण्डमा को २ त ७९३७ नम्बरको ट्रयाक्टरबाट लडेर घाईते भएका सहचालक सुन्दरहरैचा–७ का २२ बर्षीय श्यामबहादुर मगरको उपचारको क्रममा नोबेल अस्पताल बिराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यता सुनसरीको इटहरी–१२ स्थित कोशी लोकमार्गमा प्रदेश १–०४–००१ च ०१९८ नम्बरको पिकअपले साईकल यात्री गढीगाउँपालिका–१ सुनसरीका ६० बर्षीय आनन्द चौधरीलाई ठक्कर दिँदा घाईते भएका चौधरीको उपचारको क्रममा धरान घोपामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here