लागूऔषध गाँजासहित दुई जना पक्राउ

0
174

मोरङ।

मोरङको पथरीशनिश्चरे नगरपालिका–६ स्थितबाट लागूऔषध गाँजा सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पथरीशनिश्चरे–६ का ३४ बर्षीय बज्रमोहन यादबले घरमा लागूऔषध गाजा सञ्चय तथा विक्रीबितरण गरिरहेका छन भन्ने बिशेष सुचनाको आधारमा प्रहरी चौकी कुशेचौरी र अस्थायी प्रहरी चौकी हसन्दहबाट खटिएको प्रहरी टोलीले उनको घर कोठा खानतलासी गर्दा कोठाबाट ८ किलो ग्राम गाँजा बरामद गरेको र सोही स्थानका ४१ बर्षीय सुरेन यादबलाई ५०० ग्राम गाँजा सहित पक्राउ गरेको हो ।

लागूऔषध गाँजा सहित पक्राउ परेका दुवै जनाको इलाका प्रहरी कार्यालय पथरीबाट थप अनुसन्धान भईरहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here