प्रतिबन्धित लागूऔषध गाँजासहित दुई जना पक्राउ

0
150

झापा।

झापाको गौरीगञ्ज गाउँपालिका–३ बाट लागूऔषध गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गौरादह नगरपालिका–८ का २४ बर्षीय बबि राजबंशी र गौरीगंज गाउँपालिका–३ का १९ बर्षीय संजिव रौनियार रहेका छन् ।

इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट खटिएको प्रहरी गस्ति टोलीले गौरीगञ्ज–३ बाट संकास्पद अवस्थामा रहेका राजबंशीको साथबाट ७०० मिलिग्राम गाँजा बरामद गरेको थियो ।

राजबंशी पक्राउ परे संगै सोधपुछको क्रममा गौरीगञ्ज–३ का रौनियारबाट खरिद गरि ल्याएको भनि खुल्न आए संगै रौनियारको घरमा खानतलासी गर्दा १ किलोग्राम ९ सय २० ग्राम गाँजा बरामद भएको हो ।

प्रतिबन्धित लागूऔषध गाँजासहित पक्राउ परेका दुवै जनाको इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट थप अनुसन्धान भईरहेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here