प्रतिबन्धित लागूऔषध सहित चार जना पक्राउ

0
140

बिराटनगर ।

उदयपुर, झापा र मोरङको छुट्टा–छुट्टै स्थानबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगर र औषधीसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

झापाको भद्रपुर नगरपालिका-४ स्थितमा चेक जाँचको क्रममा सोही स्थनका २० बर्षीय सुदिप चेम्जोङ र ज्ञानेन्द्र केरुङलाई ३ ग्राम ब्राउन सुगर सहित प्रहरीले पक्राउ गरेको हो भने लागुऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले बिराटनगर–१५ स्थितबाट भारत बाट नेपाल आउदै गरेका उदयपुरका २४ बर्षीय रोशन परीयारलाई लुपिजेशिक, ऐभिल, डाईजेपाम र फेनरगन गरी २० एम्पुल सहित नियन्त्रणमा लिएको हो ।

यसैगरी उदयपुरको प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले लहानबाट गाईघाट तर्फ आउदै गरेको मे १ ख ३०५४ नम्बरको बसमा सवार रहेका त्रियुगा नगरपालिका–१३ का १९ बर्षीय पासर राईलाई सिट मुनि लुकाई राखेको डाईजेपाम, फेनारगन र ब्रुफिनोफिन समेत गरी ४८ एम्पुल औषधी सहित पक्राउ गरिएको हो ।

प्रतिबन्धित लागूऔषध सहित पक्राउ परेका उनीहरुको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here