बिजेता खेलाडीलाई सम्मान

0
248

झापा, गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको वाल्मीकि एजुकेशन फाउण्डेशनले खेलकुद क्षेत्रमा समेत अब्बल भएको छ ।
तेह्रौँ राष्ट्रपति रनिङ्ग शिल्ड, हिसान र प्याब्सन झापाले आयोजना गरेका कार्यक्रममा सहभागी विद्यार्थीले उत्कृष्ठ नतिजा हासिल गरेका हुन् । खेलकुद क्षेत्रमा उत्कृष्ठ नतिजा हाँसिल गरेसंगै वाल्मीकि एजुकेशन फाउण्डेसनले वुधवार विद्यालय परिसरमा आयोजित कार्यक्रमकाबबीच बिद्यार्थीलाई सम्मान सहित ट्रफी र मेडल प्रदान गरेको छ ।


वल्मीकिमा अध्ययनरत विद्यालयस्तरदेखि उच्च शिक्षा अध्ययनरत बिजेता खेलाडी ,सांस्कृतिक कार्यक्रममा सहभागी हुँदै उत्कृष्ठ स्थान प्राप्त गर्न सफल विद्यार्थीहरुलाई सम्मान गरिएको छ ।


हिसान स्पोर्टस मिट – २०७९ अन्तर्गतका खेलहरुमा फुटबलमा फस्र्ट रनरअप र क्रिकेटमा सेकेण्ड रनर अप, प्याब्सन झापाद्वारा आयोजित नगरस्तरीय सांस्कृतिक कार्यक्रम अन्तर्गत नृत्यतर्फ तेस्रो स्थान हासिल गरेका विद्यार्थीलाई सम्मान गरिएको हो ।


तेह्रौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९, को आयोजनामा सम्पन्न बिर्तामोड नगरस्तरीय कराँते प्रतियोगितामा प्रथम, पुरुष भलिबल अन्तर्गत दोस्रो, कबड््डी (महिला) मा दोस्रो, भलिबल (महिला) तर्फ तेस्रो पुरस्कार विद्यालयको प्राङ्गणमा वितरण गरिएको हो ।


विद्यार्थीहरुको प्रतिभा, मिहेनत र लगनशीलताको प्रोत्साहन गर्न सकेमा उनीहरुको भविष्य उज्यालो हुने विद्यालयका प्रिन्सिपल विष्णु सिंघलले बताए । पुरस्कार वितरण विद्यालयका लागि गौरवको क्षण रहेको र विद्यालयका सम्पूर्ण शिक्षक, विद्यार्थी र प्रशासन विभागको अथक मेहेनतले यो उपलब्धि हासिल गर्न सफल भएको भन्दै सबैलाई धन्यवाद समेत दिए । कार्यक्रमको सञ्चालन सहायक प्रिन्सिपल सुबोध लामाले गरेका थिए ।  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here