सुरुङ्गा कनकाईमा आचार्य विजयी

0
111

सुरुङ्गा ।

झापाको कनकाई बहुमुखी क्याम्पस स्ववियु सभापतिमा अनेरास्ववियुका चेतन आचार्य विजयी भएका छन् ।

उनले ४१४ मत प्राप्त गरे । उपविजेता नेविसंघका कुबेरनाथ दाहालले २९६ मत पाए । अर्का प्रत्यासी स्वतन्त्रका डिल्लीराम खरेल (महेश) ले ६५ मत प्राप्त गरे ।

यस्तै सचिवमा नेविसंघका बासुदेव निरौला ३६२ मत सहित विजयी भएका छन् । उनका प्रतिष्पर्धी अनेरास्ववियुका मौसम अधिकारीले ३१६ मत पाए । सचिवका अर्का प्रतिष्पर्धी सङ्घीय विद्यार्थी युनियनका प्रतिमान शेर्पाले ८४ मत प्राप्त गरेका थिए ।

कोषाध्यक्षमा अनेरास्ववियुकाप्रिया पुरी ३५८ मत सहित विजयी भएकीछन् भने निकटतमप्रतिष्पर्धी रेसिका उप्रेतीले २३९ मतमा चित्त बुझाउनुप¥यो । कोषाध्यक्षका अर्का प्रतिष्पर्धी स्वतन्त्रका प्रतीक ढकालले १५१ मत ल्याएका थिए । एक बाहेक सदस्यहरु पनि अनेरास्ववियुबाट नै विजयी भएका छन् ।

सदस्यहरुमा अनेरास्ववियुकामिनाढुंगेल (३९४), रोहन कोइराला(३७५), जोमर अली(३६६), मदन उप्रेती(३६२), प्रकाश गौतम (३५९) र मनिष हिङमाङ दर्जी (३४७)वियी भएका छन् । नेविसङ्घकाप्रविन राई ३५९ मत सहित सदस्यमा निर्वाचित भएका छन् ।

सदस्यपदमा नेविसंघका सरिफ अली (३२९), नवीनकुमार ताती (३३२), अविशेख मैनाली (३२६), बिना रेग्मी (३४०), अस्मिता सापकोटा (३३५), सङ्घीय विद्यार्थी युनियनका कोपिला चेम्जोङ (५९), योमन थेबे ( १६५), मनिका सुनुवार ( ५२), सीतामर्डी (६०), अदीतिलिम्बू (७४), मनिता अधिकारी (६७) मतसहित पराजितभएको क्याम्पसका स्ववियु निर्वाचन अधिकृत शेरबहादुर बानियाँले जानकारी दिए । त्यसैगरी, समानुपातिकतर्फ अनेराववियुको ३८५, नेविसंघको ३७५ र सङ्घीयविद्यार्थी युनियनको ५९ मत प्राप्तभएको थियो भने १० मत बदर भएको थियो ।

हालउक्तक्याम्पसमा १ हजार ३ सय ७१ मतदाता रहेको भएपनि ८३२ मत खसेको बताइएको छ । निर्वाचन सम्पन्न गर्न सहायकक्याम्पस प्रमुख उपप्राध्यापक शेरबहादुर बानियाँको संयोजकत्वमा ७ सदस्यीय स्वतन्त्रविद्यार्थी युनियन निर्वाचन समिति गठन गरिएको थियो ।

समितिको सदस्यमा उपप्राध्यापकहरू देवेन्द्रकुमार राई, कमला सुवेदी, टीकारामघिमिरे, सहायक प्राध्यापक कुमार पाठक र कर्मचारी किरण ढकाल रहेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here