फस्ट स्टेप फिट्नेसद्वारा बिर्तामोडमा रक्तदान

0
147

बिर्तामोड ।

झापाको बिर्तामोडमा रहेको फस्ट स्टेप फिट्नेसले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

झापामा पछिल्लो समय रगत अभावलाई मध्यनजर गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको फस्ट स्टेप फिट्नेका सञ्चालक धन्नजय गणेशले जाानकारी दिए ।

११ जना महिला सहित ३५ जनाले रक्तदान गरेको प्रदिप राईले बताए । शरिरमा खेर जाने रगतलाई समयमा नै रक्तदान गरेरमा कसैको जीवन बचाउन सकिन्छ भन्ने ध्येयले रक्तदान कार्यक्रमको आयोजना गरिएको राईले बताए ।

बिर्तामोड स्थित दुर्गा मन्दिरमा भएको रक्तदान कार्यक्रममा बिर्तामोड–३ का वडाध्यक्ष मदन बुढाथोकी लगायतको आतिथ्य रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका वडाध्यक्ष बुढाथोकीले रक्तदान जीवन दान भएकाले सबैले नियमित रुपमाा रक्तदान गर्नुपर्नेमा जोड दिए । उनले कसैले रगत अभावका कारण ज्यान गुमाउनु पर्ने अवस्था आउन नदिनका लागि यस्ता रक्तदान काार्यक्रम सहयोगी बन्ने धारणा ब्यक्त गरे ।

फस्ट स्टेप फिट्नेसका सञ्चालक धन्नजय गणेशको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रदिप राईले गरेका थिए भने कार्यक्रमको सञ्चालन सिमा राईले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here