तक्षशिला र क्याम्ब्रिज बीच सम्झौता

0
288

बिर्तामोड।

झापाको बिर्तामोड ६ स्थित तक्षशिला एजुकेसन फाउन्डेसनले आगामी शैक्षिक सत्र २०८० देखि क्याम्ब्रिज अंग्रेजी पाठ्यक्रम पढाउने भएको छ ।

शनिबार (आज) विद्यालयमा आयोजित एक कार्यक्रममा तक्षशिलाका प्रधानाध्यापक रोहित ढुङ्गाले आगामी शैक्षिक सत्रदेखि विद्यालयमा कक्षा १ देखि १० कक्षासम्मका विद्यार्थीलाई अङ्ग्रेजी पाठ्यक्रम पढाउने जानकारी दिए ।

क्याम्ब्रिज पाठ्यक्रम अध्यापन गराउन तक्षशिलाका कार्यकारी निर्देशक डा अञ्जली कार्की प्रसाई र क्याम्ब्रिजका प्रतिनिधि रोशन राठीबीच सम्झौता भएको थियो ।

बिर्तामोड नगरपालिकाका प्रमुख पवित्र महतरा प्रसाईको प्रमुख आतिथ्यतामा तक्षशिला र क्याम्ब्रिजबीच सम्झौता भएको थियो ।

क्याम्ब्रिज अंग्रेजी पाठ्यक्रम एक अन्तर्राष्ट्रिय मान्यता प्राप्त पाठ्यक्रम हो। तक्षशिलाले यस विद्यालयलाई ऐतिहासिक सफलता दिलाएका छन् ।

तक्षशिला क्याम्ब्रिज पाठ्यक्रमहरू पढाउने पूर्वी नेपालको पहिलो विद्यालय हो भनिन्छ। कार्यक्रममा विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here