नेपाल–भारतको सांस्कृति र आध्यात्मिक सर्किट चिनाउने पुस्तक सार्वजनिक

0
74

काठमाडौं,

नेपाल–भारतको सांस्कृति र आध्यात्मिक विभिन्न सर्किट चिनाउने पुस्तक सार्वजनिक भएको छ ।

नेपाल–भारत उद्योग वाणिज्य संघले ‘रिलिजियस एन्ड स्पिरिच्युअल सर्किट नेपाल एन्ड इन्डिया’ नामक कफी टेबल पुस्तक प्रकाशन गरेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किँराती, संघकी अध्यक्ष श्रीमती सृजना राणा, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र पराराष्ट्रसचिव भरतराज पौड्यालले संयुक्त रुपमा सोमबार सो पुस्तकको लोकार्पण गरे ।

नेपाल र भारतका आठजना सम्बन्धित क्षेत्रका विज्ञहरु मिलेर लेखेको पुस्तकमा नेपाल र भारतका शिव–शक्ति सर्किट, महाभारत सर्किट, रामायण सर्किट, बुद्धिस्ट सर्किट र सिख सर्किटलाई सामेल गरिएको छ ।

पर्यटनमन्त्री किँरातीले नेपाल–भारतबीचको सम्बन्धको असाध्यै पुरानो, ऋषिमुनिहरुको पालादेखिको सम्बन्ध भएको र अत्यन्त घनिष्ठ सम्बन्ध रहेको बताए ।

उनले पुस्तकले दुई देशबीचको धार्मिक पर्यटन प्रवर्द्धनमा उल्लेखनीय योगदान पर्याउने बताए । भारतीय राजदूत नवीन श्रीवास्तवले संघको प्रकाशन यस पुस्तकले नेपाल र भारतबीचको सदियौंंदेखिको सम्बन्धलाई थप उचाइमा पुर्‍याउन सहयोगी बन्ने विश्वास व्यक्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here