अर्जुनधारा–५ का आठ विद्यालयमा हस्तलेखन तालिम शुरु

0
144

अर्जुनधारा ।

विद्यार्थीहरुमा हस्तलेखन सीपको विकास गर्ने उद्देश्यले झापा अर्जुनधारा–५ नं. वडाका आठ वटा विद्यालयमा पाँच दिने हस्तलेखन तालिम आइतबारदेखि सुरु भएको छ ।

अर्जुनधारा–५ नं. वडाको आर्थिक सहयोग र अर्जुनधारा जेसीजको आयोजनामा आयोजित उक्त तालिम चालु आर्थिक वर्ष ०७९/०८०को वडास्तरिय योजना अन्र्तगत विद्यार्थीहरुको क्षमता अभिवृद्धी कार्यक्रम अन्र्तगत आयोजना गरिएको जेसीजका कोषाध्यक्ष एवम् कार्यक्रम संयोजक वसन्त बुढाथोकीले जानकारी दिए ।

तालिमबाट सामुदायिकतर्फ भानु माध्यमिक विद्यालय, कञ्चनबारी आधारभूत विद्यालय, नवज्योती आधारभूत विद्यालय र समाजसेवी आधारभूत विद्यालय तथा संस्थागततर्फ होली बेसील इङलिस बोर्डीङ स्कूल, देवभूमी विद्यापीठ इङलिस बोर्डीङ स्कूल, ब्राइटर इङलिस स्कूल र एभरेष्ट एकाडेमीका एक हजार तीन सय ७० जना विद्यार्थी लाभान्वित हुने कार्यक्रम संयोजक बुढाथोकीले दावी गरे ।

तालिममा काठमाण्डौंस्थित कसमस एजुकेशनल टे«निङ एण्ड रिसर्च सेन्टरका झापा प्रतिनिधि एवम् प्रमुख प्रशिक्षक पारस ढकाल, प्रशिक्षकहरु अनुग्रह कँडेल, अस्मिता वि.क., युनिस ढुंगाना, रेखा आचार्य, विजय शाह, स्वस्तिका भण्डारी र हरदीप राजवंशीले प्रशिक्षण दिइने बताइएको छ । सहभागी विद्यार्थीहरुलाई मनोकर्सिभ विधि अनुसार प्रशिक्षण दिइने प्रमुख प्रशिक्षक ढकालले बताए ।

वडा कार्यालयको हलमा जेसीजका अध्यक्ष प्रेमकुमार खड्काको अध्यक्षतामा आयोजित तालिम उद्घाटन कार्यक्रमको प्रमुख अतिथि वडाध्यक्ष गीताराज खड्काले उद्घाटन गरेका थिए । कार्यक्रममा भानु माध्यमिक विद्यालयका प्रधानाध्यापक रुपक दाहाललगायतले मन्तव्य व्यक्त गरेका थिए ।

तालिमका सहभागीहरुमध्ये सामुदायिकतर्फ र संस्थागततर्फ उत्कृष्ट हुने एक–एक जना छात्र र छात्रालाई तालिम समापन कार्यक्रममा पुरस्कृत गरिने जेसीजका अध्यक्ष खड्काले बताए । कार्यक्रम संयोजक बुढाथोकीले कार्यक्रमको औचित्यसहित स्वागत र उपाध्यक्ष मनोज सिटौलाले जेसीज आस्था वाचन गरेको उक्त कार्यक्रमको सञ्चालन महासचिव वेदनारायण गोदार थापाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here