फरार प्रतिवादी पक्राउ

0
63

बिराटनगर,
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर PIT समुहबाट खटिएको प्रहरी टोलीले वन पैदावर हानि नोक्सानी मुद्दाका एक जना फरार प्रतिबादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला सुनसरी धरान उप-महानगरपालिका वडा नं ५ निसाने बस्ने ३२ बर्षीय प्रदिप खत्री रहेका छन् । उनको वन पैदावर हानि नोक्सानी मुद्दामा सम्मानित सुनसरी जिल्ला अदालतको मिति २०७८/०५/१६ गतेको सजाय निर्धारण फैसला आदेशले २ महिना १० दिन कैद भई लगत नं. ११५८ मा कैद बेरुजु रहि असुल गर्न बाँकी रहेको थियो । उनलाई प्रहरी टोलीले आज गाँउघरमा नै लुकिछिपी बसेको अबस्थामा फेला पारी पक्राउ गरि सम्मानित सुनसरी जिल्ला अदालतमा दाखिला गराएकोमा सम्मानित अदालतले कैद भुक्तानको लागी झुम्का कारागार पठाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here