कानेपोखरीमा दुर्गा मन्दिरको उद्घाटन

0
210

पथरी शनिश्चरे,
मोरङको कानेपोखरी गा।पा। वडा नं। ७ स्थित अस्थायी प्रहरी चौकी कानेपोखरी मोरङ परिसरभित्र दुर्गा मन्दिरको उद्घाटन भएको छ।
सोमबार कानेपोकरी गा।पा। तथा स्थानियबासीहरूको सहयोगमा दुर्गा भगवती माताको मन्दिर निर्माण कार्य सकिएपछि दुर्गा मन्दिरको उद्घाटन भएको हो।
कानेपोखरी गाउँ पालिकाकी अध्यक्ष राजमती ईङनाम र जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक दिपक पोखरेलको संयुक्त बाहुलीबाट समुद्घाटन गरिएको थियो।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भोला अधिकारी,ईलाका प्रहरी कार्यालय पथरी मोरङका प्रमुख प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारी, प्र।नि। राजेन्द्र कुमार पौडेल,ई।प्र।का। उर्लाबारी मोरङ प्रमुख प्र।नि। बबिन्द्र नेम्वाङ,स्थानिय जनप्रतिनिधीहरू,बुद्धिजिवी समाजसेवी,नागरिक समाज,व्यापारी लगायत १३० बढीको उपस्थिति रहेको थियो।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here