रुपरत्न नगरस्तरिय सांस्कृतिक नृत्य प्रतियोगितामा प्रथम

0
21

अर्जुनधारा,

५९औं राष्ट्रिय बाल दिवसको अवसरमा निजी तथा आवासिय विद्यालय संगठन(प्याब्सन) अर्जुनधाराको आयोजनामा शुक्रबार नगरस्तरिय सांस्कृतिक नृत्य प्रतियोगिता(कक्षा १–५) सम्पन्न भएको छ ।


नगरमा रहेका १७ वटा संस्थागत विद्यालयको सहभागिता रहेको उक्त प्रतियोगितामा रुपरत्न मेमोरियल इङलिस बोर्डीङ स्कूल(अर्जुनधारा–७) प्रथम, हिमाली एजुकेशन फाउण्डेशन(अर्जुनधारा–६) द्धितीय र होलीका इङलिस स्कूल(अर्जुनधारा–११) तृतीय भएका छन् ।
त्यसैगरी इलाईट किन्डर हाउस(अर्जुनधारा–८) र देवी पाथीभरा इङलिस स्कूल (अर्जुनधारा–६) सान्तवना भएका छन् । प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सान्तवना हुने विद्यार्थीहरुलाई ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो । प्रतियोगिताको निर्णायकहरु नृत्य कलाकार संघ मोरङका अध्यक्ष इन्द्रजीत मगर र संघ सुन्दरहरैंचा नगरपालिकाका अध्यक्ष सन्तोष मगर रहेका थिए ।


प्याब्सनका अध्यक्ष रुद्रप्रसाद सिटौलाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमाल, वडाध्यक्षद्वय उपेन्द्र बस्नेत र हरिशचन्द्र बाँस्तोला, महिला तथा बालबालिका इकाईकी प्रमुख शान्ति गड्तौला, प्याब्सनका केन्द्रीय सदस्य मोहन सुब्बा, प्याब्सन झापाका सदस्यद्वय प्रभुकुमार श्रेष्ठ र सुमन शर्मा जम्मरकट्टेललगायतले पुरस्कारहरु वितरण गरेका थिए ।
प्याब्सनका अध्यक्ष सिटौलाले कार्यक्रमको औचित्य माथि प्रकाश र उपाध्यक्ष प्याब्सनका सल्लाहकार टीआर गौतमले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सचिव राजेशकुमार आचार्यले गरेका थिए ।
प्याब्सनले दिवसको अवसरमा अतिरिक्त क्रियाक्लाप अन्र्तगत आइतबार निबन्ध लेखन(कक्षा ६–८) र वकतित्वकला(कक्षा ९–१०) प्रतियोगिता आयोजना गर्ने कोषाध्यक्ष राजन वाग्लेले जानकारी दिए ।
शिक्षा, युवा तथा खेलकुद विकास शाखाको कार्यक्रम स्थगितः
शिक्षा, युवा तथा खेलकुद विकास शाखाको शैक्षिक पात्रो–२०८० अनुसार राष्ट्रिय बाल दिवसको अवसरमा आयोजना हुने नगरस्तरिय आधारभूत तह(कक्षा १–५) नृत्य प्रतियोगिता भने स्थगित भएको छ ।
संविधान सभाका अध्यक्ष एवम् प्रतिनिधि सभाका पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको निधनका कारण परेको शोक विदा र डेंगी रोगको प्रकोप बढेर धेरै विद्यार्थीहरु अस्वस्थ भएका कारण अर्का सूचना जारी नभए सम्मका लागि उक्त कार्यक्रम स्थगित गरिएको शाखाले जारी गरेको पत्रमा उल्लेख भएको छ ।
शाखाले कार्यक्रम स्थगित गर्ने निर्णय गरे पनि कार्यक्रममा सहभागी हुन सम्पूर्ण तयारी पूरा गरेको अवस्थामा आफूहरुले उक्त कार्यक्रम आयोजना गर्नुपरेको प्याब्सन अर्जुनधाराका अध्यक्ष सिटौलाले दावी गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here