पथरी शनिश्चरे नगरकी उपप्रमुख देवीमाया काफ्लेसहितको टोलीद्वारा अनुगमन

0
81

पथरी शनिश्चरे,

पथरी शनिश्चरे नगरपालिकाकी उप–प्रमुख तथा अनुगमन समितिकी संयोजक देविमाया काफ्लेको अगुवाईमा ३ वटा निर्माण सम्पन्न भएका भवनहरूको अनुगमन भएको छ ।

आज मंगलबार राष्ट्रपति शैक्षिक सुधार अन्तर्गतका ३ वटा निर्माण सम्पन्न भएका भवनहरुको अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा पथरी शनिश्चरे वडा नं. ५ को सुगा माविको २ कोठे भवन, वडा नं. ९ को सिंहवाहिनी माविको ४ कोठे भवन र वडा नं. ८ को दुर्गा आधारभूत विद्यालयको ४ कोठे भवनको अनुगमन भएको थियो ।

ती भवनहरूको निर्माण इस्टिमेट अनुसार नै काम सम्पन्न भएको इन्जिनियर सन्तोष केसीले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here