बाल कल्याणमा शिक्षक सम्मान तथा विदाई र बिद्यार्थीलाई न्यानो कपडा

0
8

दमक,

झापाको गौरीगञ्ज गाउँपालिका वडा नं १ कुञ्जीबारीस्थित बाल कल्याण माविका अवकाश प्राप्त एक जना शिक्षक र बिद्यालय कर्मचारीलाई सम्मान तथा सो बिद्यालयबाट अन्यत्र सरुवा भएका शिक्षकहरुलाई बिदाई कार्यक्रम सम्पन्न भएको छ ।

बिद्यालयमा शुक्रबार आयोजित कार्यक्रमकाबीच सो बिद्यालयमा लामो समय अध्यापन गराई अवकाश प्राप्त शिक्षक युवराज खतिवडा र अवकाश प्राप्त बिद्यालय कर्मचारी भिमप्रसाद खनाललाई दोसल्ला र सम्मान पत्रसहित सम्मान गरिएको हो ।

गौरीगञ्ज गाउँपालिका अध्यक्ष फुलवती राजवंशीको प्रमुख आतिथ्य र बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश्वरप्रसाद राजवंशीको सभापतित्वमा आयोजित सो कार्यक्रममा बिद्यालयमा विभिन्न समयमा दाताहरुबाट स्थापना गरिएका अक्षयकोषबाट उत्कृष्ट बिद्यार्थीहरुलाई पुरस्कृत गरिनुका साथै कक्षा १ देखि ३ सम्मका ६५ जना बिद्यार्थीहरुलाई ट्रयाक सुट र बिद्यालयमा कार्यरत चार जना शिक्षकहरुबाट कक्षा ४ र ५ का ५४ बिद्यार्थीलाई न्यानो कपडा समेत वितरण गरिएको थियो ।

बिद्यालयमा स्थापना गरिएको विश्वप्रसाद अधिकारी अक्षयकोषबाट एसइइ र कक्षा १२ का उत्कृष्ट छात्रछात्रालाई नगद पुरस्कार प्रदान गरिएको हो । त्यसैगरी विष्णुप्रसाद खरेल स्मृति अक्षय कोषबाट बिद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान गरिएको हो भने बिद्यालयमा कार्यरत प्रधानाध्यापक भिमप्रसाद कोइराला, शिक्षकहरु हरिप्रसाद राजवंशी, सुशीला पौडेल, सरस्वती राई लगायतको सहयोगमा विपन्न बिद्यार्थीहरुलाई जाडोका लागि न्यानो कपडा वितरण गरिएको थियो ।

त्यस्तै खगेन्द्र लोहार अक्षय कोषबाट र अच्युत अर्थशास्त्र पुरस्कारबाट पनि उत्कृष्ट बिद्यार्थीलाई पुरस्कृत गरिएको बिद्यालयले जनाएको छ ।

कार्यक्रममा सो बिद्यालयबाट अन्यत्र सरुवा भएर जाने शिक्षकहरु यशोदा राजवंशी, भुवन श्रेष्ठ, शान्तीमाया राई , श्रुती पछाई, ख्यामराज नेपाल र अरुण रेग्मीलाई विदाई गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथी गाउँपालिका अध्यक्ष राजवंशी, विशिष्ट अतिथी गाउँपालिका उपाध्यक्ष पुजन न्यौपाने, गौरीगञ्ज १ का वडाध्यक्ष कार्तिकलाल राजवंशी, बिद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष गोविन्द कुँवर, पूर्व प्रधानाध्यापक भोलाप्रसाद खतिवडा लगायतले मन्तव्य राखेका थिए भने अक्षय कोषका स्थापकहरु शैक्षिक तथा सामाजिक व्यक्तित्वहरु विश्वप्रसाद अधिकारी, कुलराज खरेल, पदम बहादुर लोहार लगायत वडास्थित जनप्रतिनिधि, पूर्व शिक्षक, पूर्व बिद्यार्थी प्रतिनिधि एवं अभिभावकहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक कोइरालाले बिद्यालयका विबिध बिषयमा जानकारी गराएका थिए भने शिक्षक कुबेरप्रसाद राजवंशीले स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रममा बिद्यार्थीहरुले साँस्कृतिक तथा जातीय पहिचान झल्किने पोशाकमा नृत्य तथा गीतहरु प्रस्तुत गरेर मनोरञ्जन दिलाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here