बिर्तामोड ।

झापााको बिर्तामोड–१ मा रहेको नारी शंकल्प संस्थाले लैंगिक हिंसा र वैदेशिक रोजगारीले समाजमा पारेको प्रभावका विषयमा एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थाकी अध्यक्ष तुलसा मैनालीको अध्यक्षतामा भएको कार्यक्रममा नगरप्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा बिर्तामोड–१ का वडाध्यक्ष अग्नि पाण्डे, राष्ट्रिय वाणिज्य बैंक भद्रपुरका प्रबन्धक युवराज उप्रेती, बिर्तामोडका शाखा प्रबन्धक ताराप्रसाद सापकोटा, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने लगायत विभिन्न टोल संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा अधिवक्त लता खरेल, कविता शर्मा र पूर्वाञ्चल दैनिकका ब्यवस्थापक चन्द्रकान्त ढकालले सहजिकरण गरेका थिए । कार्यक्रममा बिर्तामोडका सबै क्षेत्रका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
बढ्दो लैगिक हिंसाका र त्यसको कानुनका विषयमा सहभागिहरुले जिज्ञासा गरेका थिए । वैदेशिक रोजगारीका कारण धेरैको घरबार विहिन हुनुपरेको विषयहरु कार्यक्रममा समावेश गरिएको थियो ।
कार्यक्रमलाई राष्ट्रिय वाणिज्य बैंकले सहयोग गरेको थियो । अभिमुखिकरण कार्यक्रममा बिर्तामोडका विभिन्न क्षेत्रबाट करिब दुई सयभन्दा धेरैको सहभागिता रहेको थियो । कार्यक्रममा स्वागत संस्थाको उपाध्यक्ष तिलरुपा श्रेष्ठले गरेकी थिइन भने सह–सचिव खेमा पराजुलीले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेकी थिइन् ।
कार्यक्रमको सञ्चालन सचिव आशा बानियाँले गरेकी थिइन् ।






























