मानव अधिकार रक्षक परिषद् कोशीमा खरेल

0
6

बिर्तामोड।

मानव अधिकार रक्षक परिषद् कोशी प्रदेशको तेस्रो सम्मेलनबाट झापाका विष्णु खरेल अध्यक्ष पदमा निर्वाचित भएका छन् । बिर्तामोडमा शुक्रबार र शनिबार भएको सम्मेलनबाट मानव अधिकारवादी खरेल सर्वसम्मत निर्वाचित भएका हुन् ।

परिषद्को उपाध्यक्षमा मोरङकी मञ्जिता उपाध्याय, महासचिवमा सुनसरीका कमल कोइराला, सचिवमा झापाका दीपक दास र कोषाध्यक्षमा इलामकी दीपा आचार्य सर्वसम्मत निर्वाचित भएको निर्वाचन समितिका संयोजक मनोहर पोखरेलले जानकारी दिए ।

त्यस्तै सदस्यहरूमा कविता बाँस्तोला, डाक्टर रूपक खनाल, चञ्चला सुब्बा, कुमार चुडाल, उदयपुरबाट विनोद खतिवडा, सुनसरीबाट दीपेन्द्रकुमार झा, कविता सदा, मोरङबाट बासुदेव अधिकारी, तारा घिमिरे र तोया सुब्बा निर्वाचित भएका छन्

शुक्रबार भएको उद्घाटन समारोहमा कोशी प्रदेशका गृहमन्त्री डम्मरुबल्लभ अधिकारी, मानव अधिकारवादीहरू सोम थापा, कोशराज न्यौपाने, झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोला, बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतरा प्रसाई, उपप्रमुख नगेन्द्र संग्रौला लगायतले शुभकामना मन्तव्य दिँदैै मानव अधिकारको सवालमा सबै एकजुट हुनुको विकल्प नभएको धारणा राखेका थिए ।

कार्यक्रममा मानव अधिकार रक्षक परिषद् कोशी प्रदेशले उदयपुरका अभियानकर्मी भरत खड्कालाई सम्मान गरेको थियो । त्यस्तै परिषदले हालसम्म अभियानकर्मीहरू लालराज सुवेदी, प्रेम ओझा, कोशराज न्यौपाने लगायतलाई सम्मान गरेको अध्यक्ष सोम थापाले जानकारी दिए ।

संस्थामा अध्यक्ष सोम थापाको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन महासचिव प्रकाश अधिकारीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here