व्यवसायीको हितमा काम गर्न सुझाव

0
1

झापा ।

बिर्तामोडका ब्यवसायीहरुले स्थानीय सरकारले व्यावसायीहरुको हितमा काम गर्नु पर्ने आवाज उठाएका छन् ।

बिर्तामोड उद्योग वाणिज्य संघले आयोजना गरेको ‘मेयरसँंग व्यावसायी’ विषयक कार्यक्रमका सहभागीहरुले यस्तो आवाज उठाएका हुन् ।

उनीहरुले स्थानीय सरकारले व्यावसायीको संरक्षण गर्नु पर्ने र आफूहरुको हितमा कार्यक्रम ल्याउनु पर्ने मागसमेत गरे । राज्यलाई सबैभन्दा धरै कर व्यावसायीले तिर्ने गरेको तर व्यवसायीको हितमा स्थानीय सरकारले कार्यक्रम ल्याउन नसकेको भन्दै उनीहरुले दुखेसो पोखे ।

कार्यक्रममा बोल्दै अलैंची व्यावसायी महासंघका केन्द्रीय अध्यक्ष निर्मल भट्टराईले कृषिजन्य बस्तुमा संघीय सरकारले छुट दिएपनि स्थानीय सरकारले कृषिजन्य बस्तु निर्यातमा कर लिएको र त्यसलाई हटाइनु पर्ने माग राखे । महिला उद्यमी पार्वता खरेल विमलीले बिर्तामोडलाई प्लाष्टिकमुक्त बनाइनु पर्ने र महिला व्यावसायीलाई स्थानीय सरकारले उद्यमशीलतामा जोड्दै लानु पर्ने धारणा राखिन् ।

झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतले व्यावसायीको संरक्षण गर्दै उनीहरुको सुरक्षाका लागि सडक किनारमा सडक बत्ती जडान गर्नु पर्ने बताए । त्यस्तै अग्रसेन भवन बिर्तामोडका अध्यक्ष मोहन मित्तलले करका क्षेत्रमा नगरपालिका लचिलो बन्नु पर्ने र सबै व्यावसायीलाई करको दायरमा ल्याउनु पर्ने बताए । कर तिर्ने व्यावसायीलाई स्थानीय सरकारले सम्मानजनक व्यवहार गर्नु पर्ने उनको धारणा थियो ।

बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा औचित्यमाथि प्रकाश पार्दै उनले भने– बिर्तामोड नगरपालिकाले व्यावसायीको हित हुने गरीका कार्यक्रम ल्याउन म नगरप्रमुखलाई अनुरोध गर्छु । संघको तर्फबाट गर्नुपर्ने सहयोग गर्न आफू प्रतिवद्ध रहको उनले बताए ।

कार्यक्रमकी प्रमुख अतिथिसमेत रहेकी बिर्तामोड नगरपालिका प्रमुख पवित्रादेवी महतरा प्रसाईले व्यावसायीले उठाएका प्रश्नको जवाफ दिँदै व्यावसायीहरुका उचित मागलाई सम्बोधन गर्ने बताएकी थिइन् । बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजकुमार घिमिरे राजुले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव कुशल खतिवडाले गरेका थिए ।

कार्यक्रममा संघका पूर्व अध्यक्ष राजेन्द्रकुमार थापा, बलराम कार्की, व्यावसायी गणेश पौडेल, ओमकृष्ण बिमली लगायतले आ– आफ्नो धारणा राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here