डाँस खोलाले पुर्याएको क्षतिको अनुगमन

0
11

पथरीशनिश्चरे,

पथरी शनिश्चरे नगरपालिकाको उप–प्रमुख एवं अनुगमन समितिले वडा नं. ९ मा डाँस खोलाले पुर्याएको क्षतिको अनुगमन गरेको छ ।

आज आइतबार पथरीशनिश्चरे नगरपालिकाकी उपमेयर तथा अनुगमन समितिकी संयोजक देविमाया काफ्लेको अगुवाईमा वडा नं. ९ को काङसोरे चौक र सन्देश चौक आसपासमा डाँस खोलाले गरेको कटान (क्षति)को अनुगमन गरिएको हो ।

अनुगमन पश्चात् उक्त स्थानहरूमा तटबन्धन र च्यानलाइज गरिने उप–प्रमुख देविमाया काफ्लेले बताउनुभयो । वडाध्यक्ष वीरबहादुर राईले सो क्षेत्रहरूमा जतिसक्दो चाँडो काम सम्पन्न गरिने बताउनुभयो । राईले भन्नुभयो– खोलाले पु¥याएको क्षतिलाई कम गर्न भोलि विहानैबाट च्यानलाइजको काम सम्पन्न गरिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here