करेन्ट लागेर दुई जनाको मृत्यु

0
2

झापा ।

झापा र सुनसरीका दुई छुट्टा–छुटै स्थानमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।

झापाको हल्दिबारी गाउँपालिका–४ का ३३ बर्षीय नरेश मोक्तानलाई घर नजिकैको पैनीमा बिजुलीको पोलबाट करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर घाईते भएकोमा उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड लैजादै गर्दा उनको बाटैमा मृत्यु भएको थियो ।

त्यस्तै सुनसरीको हरिनगर गाउँपालिका–२ का ६० बर्षीय समुद्धिन मियाँ मोटर जडान गरिएको कल चलाउने क्रममा करेन्ट लागेर घाईते भएकोमा उपचारको लागि गोल्डेन अस्पताल बिराटनगर पुर्यााउना साथ डाक्टरले मृत घोषित गरेका थिए ।

घटना सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here