झापा।
झापाको गौरादहमा गोरुले हानेर एक ब्यक्तिको मृत्यु भएको छ ।
गौरादह– ७ जामबारीका ४८ वर्षीय कृष्ण शर्माको आफ्नै गोरुले हानेर मृत्यु भएको हो । बारीमा बाँधेको आफ्नै गोरु सार्ने क्रममा गोरुले हानेर शर्मा घाइते भएका थिए ।
उनलाई उपचारको लागि लाईफ लाईन अस्पताल दमक लगिएको थियो । ढाडको ७ वटा करङ भाँचिएका शर्मालाई थप उपचारको लागि नोबेल अस्पताल बिराटनगर रेफर गरिएकोमा आज दिउँसो उपचारको क्रममा मृत्यु जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
सोही गोरुलाई समाउने क्रममा छिमेकी अन्दाजी ४५ वर्षीय रविन राजवंशी घाइते भएका छन् । टाउकोमा चोट लागेर लाईफ लाईन अस्पताल दमकमा उपचार भइरहेकोमा थप उपचारका लागि उनलाई नोबेल अस्पताल विराटनगर लगिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नाय उपरीक्षक कृष्ण कुमार चन्दले जानकारी दिए ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।