मोरङ प्रहरीको सक्रियता : २८ जना फरार प्रतिवादी पक्राउ

0
46

योगेन्द्र योगी
बिराटनगर,

मोरङ प्रहरीले ५ दिनको अवधिमा २८ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । मोरङ जिल्ला अदालत विराटनगरबाट जरीवाना र कैद फैसला भई फरार रहेका २८ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी तथा प्रवक्ता बेद प्रकाश जोशीले जानकारी दिए।

डीएसपी तथा प्रवक्ता जोशीका अनुसार पक्राउ पर्नेहरुमा पथरी शनिश्चरेका डक बहादुर अधिकारी,सन्तोष कार्की,किशन मण्डल,खोम बहादुर श्रेष्ठ,बिनोद तामाङ,उमेश गुरुङ लिलावती राई,बिकाश राई,अमित गुरुङ,पुण्य प्रसाद तिम्सिना,मिथुन मण्डल,राम कुमार सहनी र सन्तोष कार्की रहेको बताए।

यसैगरी सुन्दरहरैंचा – ११ का श्याम चौधरी र दिनेश कार्की रहेका छन्। यस्तै, कानेपोखरी गाउँपालिकाका टेक बहादुर परिवार,लिन प्रसाद ओझा,संजय श्रेष्ठ रहेको डीएसपी तथा प्रवक्ता जोशीले बताए। यसैगरी, कटहरी गाउँपालिकाका आशादेवी मण्डल र उर्मिला कामत रहेका छन्।

यस्तै,बेलबारी नगरपालिका – १० का शेर बहादुर जोगी र जीवन दर्जी रहेको प्रहरीले जनाएको छ। यस्तै बिराटनगर महानगरपालिकाका धर्म यादव,सुमन राय,फाईयाज मिया,फुलिया कुमारी मिया,रमेश चौधरी र सुशील श्रेष्ठ रहेका छन्। पक्राउ परेकाहरुलाई १ महिनादेखि ६ बर्ष सम्म कैद र ६ रुपैयाँ देखि ५६ हजार सम्म जरिवाना तोकिएको मोरङ प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा सवारी ज्यान मुद्दाका ३ जना, लागु औषध मुद्दाका ८ जना, चोरीका २, बैंकीङ कसुरका ३, लेनदेन मुद्दाका २ कुटसपट अगं भंग,सार्वजनिक अपराध,वहुविवाह, जालसाजका एक एक सहितका प्रतिवादीहरु पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरुलाई जिल्ला अदालत मोरङ विराटनगरमा दाखिला गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here