बिर्तामोड ।

भारतीय गोर्खा भूतपूर्व सैनिक संघको सातौ साधरणसभा तथा तेस्रो अधिवेसन सम्पन्न भएको छ।
भारतीय गोर्खा भूतपूर्व सैनिक संघ, बिर्तामोडका अध्यक्ष हिमालयप्रकाश कन्दङ्वाको अध्यक्षता तथा समजसेवी जलकुमार गुरुङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उपाध्यक्ष लक्ष्मी राईले स्वागत गरेकी थिइन्।
कार्य समितिको तर्फबाट संघका अध्यक्ष कन्दङ्वाले संघको गतिविधि र भावी योजनासहित वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। उनले आफ्नो कार्यकालमा संघको बृहत्तर हितमा निस्वार्थ ढंगले कार्य गर्दै अघि बढेको बताए।
संघका कोषाध्यक्ष तारामणि श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा प्रमुख अतिथि गुरुङ, भारतीय गोर्खा भूतपूर्व सैनिक संघ, झापाका अध्यक्ष सलबहादुर गुरुङ, संघका दमक नगर अध्यक्ष प्रेम बेघा,शिवसतक्षी नगर अध्यक्ष हर्कप्रसाद येन्तेनलगायतले शुभकामना मन्तव्य राखेका थिए। उनीहरुले संघले गरेको उल्लेखनीय कार्यको प्रशंसा गर्दै शुभकामना दिएका दिए।
यसैबीच भारतीय गोर्खा भूतपूर्व सैनिक संघ, बिर्तामोडको अध्यक्षमा शेरबहादुर मादेन निर्वाचित भएका छन्। संघको तेस्रो अधिवेसनले मादेनलाई अध्यक्षमा चयन गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा लक्ष्मी राई, सचिवमा तारामणि श्रेष्ठ, सह-सचिवमा शिव सम्बाहम्फे, कोषाध्यक्षमा लक्ष्मीप्रसाद मादेन र सह-कोषाध्यक्षमा सुजन गुरुङ चयन भएका छन्।
त्यसैगरी सदस्यमा फूलकुमारी तुम्बाफो, कमला जबेगू, लीला थापा, सुनिता लामा, शेरबहादुर गुरुङ, रुद्रबहादुर लिम्बू, हर्कबहादुर लिम्बू, दुर्गधन लिम्बू, नरबहादुर गुरुङ, देउकुमार राई र नन्दलाल लिम्बू रहेका छन्।
समितिका अध्यक्ष र उपाध्यक्ष बाहेकका सबै पदहरु सर्वसम्मत चयन भएका थिए। संघका कूल तीन सय ४७ सदस्य मध्ये१०७ जना मतदाता निर्वाचनमा सहभागी थिए। मतदानमा अध्यक्षका प्रतिस्पर्धी हिमालयप्रसाद कन्दङ्वाले ४१ मत र विजयी मादेनले ६२ मत प्राप्त गरेका थिए। कार्यसमिति चयनका लागि विन्दाप्रसाद राई र भक्तबहादुर लिम्बू सदस्य रहेको सलबहादुर गुरुङको संयोजकत्वमा तीन सदस्य निर्वाचन समिति गठन गरिएको थियो।
सोही अवसरमा संस्थालाई महत्त्वपूर्ण योगदान पुर्याउने निवर्तमान उपाध्यक्ष भीममाया नेम्बाङ कन्दङ्वा, शेरबहादुर बेघा, पदमलाल लिम्बू,लीला थापा र मोहनलाल लिम्बूलाई सम्मान थियो भने नयाँ बनेका ३७ जना आजिवन सदस्यलाई प्रमाणपत्र प्रदान गरिएको थियो। कार्यक्रमको सञ्चालन सचिव शेरबहादुर मादेनले गरेका थिए।































