पारदर्शिता र युवा सहभागिता सुनिश्चित गर्न मिशन बिर्तामोडको जोड

0
79

झापा,  मिशन बिर्तामोडले भ्रष्टाचारको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न र शून्य सहनशीलता नीति लागू गर्न सरकारसँग आग्रह गरेको छ।

आज बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा मिशन बिर्तामोडले पाँचबुँदे माग सार्वजनिक गर्दै सरकारले पारदर्शिता, जवाफदेहिता, र युवाको सक्रिय सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिएको छ। त्यसैगरी, आन्दोलनको क्रममा ज्यान गुमाएका सहिदहरूप्रति सम्मान, घाइते र पीडितहरूप्रति राहत व्यवस्थापन, आगामी निर्वाचन स्वतन्त्र, निष्पक्ष र पारदर्शी ढंगले सम्पन्न गरिनु, र सञ्चारक्षेत्रमा कुनै हस्तक्षेप नगरी स्वतन्त्र तथा तथ्यमा आधारित पत्रकारिता कायम गर्नु पर्ने माग पनि अगाडि सारेको छ।

मिशन बिर्तामोडका संयोजक माधव झा ले नेपालमा पछिल्लो समय भएका सामाजिक र राजनीतिक परिवर्तनलाई मध्यनजर गर्दै आफ्ना धारणा सार्वजनिक गरेका हुन्। उनले भने, “राजधानी केन्द्रित आन्दोलन, भ्रष्टाचार विरोधी जनआन्दोलन, र त्यसपछि भएको राजनीतिक संक्रमणपछि नयाँ अन्तरिम सरकार गठन गरिएको छ। यसै क्रममा संविधानको धारा ६१ उपधारा ९४० अनुसार सुशीला कार्कीलाई नेपालको पहिलो महिला प्रधानमन्त्रीको रूपमा नियुक्त गर्नु ऐतिहासिक कदम भएको छ।”

झा अनुसार, नेपालमा भएको राजनीतिक परिवर्तनलाई ऐतिहासिक क्षणका रूपमा लिँदै यस समयलाई समग्र नागरिक समाज, सञ्चारजगत र युवा पुस्ताबीच ऐक्यबद्धतासहित पार गर्न आवश्यक छ। यसले देशको लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउने र संविधान तथा गणतन्त्रात्मक व्यवस्थाप्रति जनताको विश्वास बढाउने विश्वास व्यक्त गरिएको छ।

मिशन बिर्तामोडले सरकारी निकायहरू, राजनीतिक दल र नागरिक समाजलाई युवापुस्ताको मागलाई प्राथमिकतामा राखेर काम गर्न आह्वान गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here