कमल गाउँपालिकाद्वारा दमक र गौरादहलाई सावरी साधन सहयोग

0
58

कमल ।

छिमेकीलाई समस्या परेको बेला सहयोग गर्नु तपाई हाम्रो मानविय कर्तव्य हो । यसै भनाईलाई आत्मसाथ गर्दै झापाको कमल गाउँपालिकाले दमक र गौरादह नगरपालिकालाई आफु संग भएका तीन वटा सवारी साधन मध्ये दुई वटा सवारी साधन उपलब्ध गराएको छ ।

गाउँपालिकासग रहेका तीा वटा गाडी मध्ये मे १ झ १४७ नम्बरको स्करपीयो पालिकाले आफ्नै स्रोतबाट खरिद गरेको हो भने बाँकी रहेको दुई बटा गाडी मध्ये गौरादह नगरपालिकालाई प्रदान गरेको .बा.१ झ. ८४८६ नम्बरको स्करपीयो संसद सचिवालय बाट अधिल्लो स्थानिय सरकारलाई उपलब्ध गराईएको थियो ।

त्यस्तै दमक नगरपालिकालाई प्रदान गरेको प्रदेश १–०१÷००१ झ २७६ नम्बरको सवारी साधन जलेश्वर भन्सारमा रहेको र अर्थमन्त्रालयको सिफासिरमा गाउँपालिकालाई उपलब्ध गराएका थियो ।


त्यसैगरी कोशी प्रदेश सरकार बाट विपद्का समयका प्रयोग गर्नेगरी अघिल्लो स्थानिय सरकारलाई प्राप्त भएको प्रदेश १–०२ ००१ झ ०७३० नम्बरको प्रहरी भ्यान गत असोज १० गते नै ईलाका प्रहरी कार्यालयलाई प्रदान गरेको थियो ।

जेनजी आन्दोलन पछी देशमा भएको आर्थिक क्षतीलाई व्यवस्थापन गर्दै स्थानियतहको खर्चलाई मितव्ययिता गर्ने नेपाल सरकारको परिपत्र अनुसार कमल गाउँपालिका गाउँ कार्यपालिको निर्णयले आवश्यक परेको बेला पुनः फिर्ता लिने सर्त सहित नगरपालिकालाई सवारी साधन प्रदान गरिएको हो ।

गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका कारण देशभरका सरकारी कार्यलयमा भएका सवारी साधनमा तोडफोड र आगजनी भएका थिए । यसै क्रममा दमक र गौरादह नगरपालिका समेत जेनजी आन्दोलन बाट अछुतो रहेन नगरपालिकाको कार्यलय सगै नगरसग भएका सवारी साधन समेत पुर्ण रुपमा ध्वास्त भएका थिए ।

विपद्को समयमा कमल गाउपालिकाले गरेको सहयोग प्रति गौरादह नगरपालिकाका मेयर छत्रपति सुवेदी र दमक नगरपालिकाकी उपमेयर रेगिना भट्टराई प्रसाईले आभार प्रकट गर्नु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here