बुद्ध एयरको विमान दुर्घटना : यात्रुहरूको उद्धार कार्यमा नेपाली सेना अग्रपंत्तिमा

0
43

झापा । भद्रपुर विमानस्थलमा दुर्घटनामा परेको बुद्ध एयरको विमान तथा यात्रुहरूको उद्धार कार्यमा नेपाली सेना अग्रपंत्तिमा उभिएके पाइएके छ ।

गएराति राति ९ बजेर ६ मिनेटमा काठमाडौँबाट भद्रपुरतर्फ आउँदै गरेको बुद्ध एयरको  ATR–72  फ्लाइट नम्बर  901 झापा जिल्ला भद्रपुर नगरपालिका–८ स्थित विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर ओभर–रन भई करिब २०० मिटर पूर्वतर्फ घोडामारा खोल्सीमा पुगेको थियो।

विमानमा ५१ जना यात्रु र ५ जना चालक दलका सदस्य गरी जम्मा ५६ जना सवार थिए। दुर्घटनापछि आपत्कालीन उद्धारका लागि राति ९ : २० बजे श्री अरिदमन गणको सुरक्षा गुल्म, चन्द्रगढीबाट २१ जनाको सैनिक टोली परिचालन गरिएको थियो। उक्त टोलीले यात्रुहरूलाई विमानबाट सुरक्षित रूपमा बाहिर निकाल्ने तथा उनीहरूको लगेज व्यवस्थापनमा सहयोग गरेको जनाएको छ।

घटनाको थप जानकारी लिँदै उद्धार तथा सुरक्षा व्यवस्थापनमा समन्वय गर्न श्री अरिदमन गणका गणपति प्रमुख सेनानी सरोज थापाको कमाण्डमा १० जनाको थप टोली राति १० बजे दुर्घटनास्थलमा पुगेको थियो। टोलीले अन्य सुरक्षा निकायका प्रमुख तथा प्रमुख जिल्ला अधिकारीसँग समन्वय गर्दै आवश्यक सुरक्षा व्यवस्था मिलाएको जनाइएको छ।

दुर्घटनास्थलमा रहेको विमानको सुरक्षाका लागि यस गणका १५ जना सैनिक तथा सशस्त्र प्रहरी बलको टोली रातभर ड्युटीमा खटिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here