बिर्तामाेड,

जन्मदिनको अवसर पारेर न्याैपाने बन्धु समाज बिर्तामाेड ५ काे सल्लाहकार बिमला न्याैपानेले अर्जुनधारा जलेश्वर धाममा रहेका गौमाताहरूलाई आवश्यक आहारा सहयोग प्रदान गरेकी छन् ।
शनिबार जन्मदिनकाे अवसर पारेर धाममा नै पुगेर उनले गौमाताको संरक्षण र पालनपोषणमा सहयोग पुगोस् भन्ने उद्देश्यले आहारा वितरण गरिएको जानकारी दिईन । आफ्नो जन्मदिनको खुसी साट्दै जलेश्वर धाममा रहेका गौमातालाई आवश्यक आहारा सहयोग गर्ने अवसर मिलेकाे उनले बताईन् ।
गौसेवा जस्तो पुण्य कार्य गर्न पाउँदा निकै खुशी लागेको छ। बिर्तामाेड ५ स्थित धर्मकाँटा राेडमा रहेकाे न्याैपाने खाध्य भण्डारकाे सन्चालक समेत रहेकी न्याैपानेले गाैमातालाई आवश्यक चाेकर २ बाेरा , मखन गाै आहार १ बाेरा, ब्राण्ड १ बाेरा, च्याख्ला १ बाेरा र नुन १ बाेरा सहयाेग गरेकी हुन् ।
अर्जुनधारा जलेश्वर धामका मुल अर्चक अग्नीप्रसाद सिग्देलले यस प्रकारको कार्यले धार्मिक आस्था मात्र होइन, मानवीय सेवाभावलाई समेत मजबुत बनाउने भन्दै सहयाेग प्रति धन्यवाद प्रकट गरेका छन् ।
सहयोग कार्यक्रममा न्याैपाने बन्धु समाज बिर्तामाेड ५ का अध्यक्ष डिल्लीप्रसाद न्याैपानेले “सेवा नै धर्म हो” भन्ने सन्देशलाई आत्मसात गर्दै यस्ता कार्यहरूलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । त्यस्तै न्याैपाने बन्धु समाजलाई बिमलाले नगद ५ हजार १ सय रूपैंया सहयाेग समेत गरेकी छन् ।
न्याैपाने बन्धु समाजका सदस्यहरूले समेत यस्तो पुण्य कार्यको प्रशंसा गर्दै समाजमा सकारात्मक सन्देश फैलिएको बताएका छन्। गौसेवा जस्तो पुण्य कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह हुनुका साथै परोपकारी भावना अभिवृद्धि हुने विश्वास सिग्देलले गरेका छन् ।
यस प्रकारका कार्यहरूले सामाजिक उत्तरदायित्व र धार्मिक आस्थालाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ। सँक्षिप्त सहयाेग कार्यक्रममा न्याैपाने बन्धु समाजकाे सचिब रिता शिवाकाेटी न्याैपाने, सल्लाहकार देबीप्रसाद न्याैपाने, नेत्रप्रसाद न्याैपाने, सदस्यहरू राम न्याैपाने, भुमि न्याैपाने, अम्बिका न्याैपाने, कमला न्याैपाने, दमान्ता न्याैपाने, खेमराज न्याैपाने , खगेन्द्र न्याैपाने , धामका महासचिव शिवलाल खतिवडा , गुरूकुल शिक्षक चिरञ्जीवी ढुङगाना लगायतकाे उपस्थिति रहेकाे थियाे ।
धामकाे गाैशालामा हाल २५ वटा गाैमाता रहेका छन् । बिमलाले आफ्नाे सहित परिवारकाे जन्मदिन ,बैबाहिक बर्षगाँठमा समेत विभिन्न सामाजिक कार्य गर्दै आएकी छन् ।






























