सरसफाई अभियान ५०औं हप्तामा

0
387

 

बिर्तामोड, जेठ १ । सरसफाई अभियानको ५०औं हप्ता शनिबार बृहत् सरसफाई तथा विशेष कार्यक्रम गरी मनाइएको छ ।
कार्यक्रममा बिर्तामोड नगरपालिकाका कार्यकारी अधिकृत खड्गबहादुर कार्कीको प्रमुख आतिथ्य रहेको थियो भने इलाका प्रहरी कार्यलयका प्रहरी नायव उपरीक्षक केशवकुमार थेवेको विशेष आतिथ्य रहेको थियो । कार्यक्रममा नेकपा माओवादी(केन्द्र)का अरुण श्रेष्ठ, नेकपा एमालेका ज्ञानुराम प्रसाई, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख ढुण्डीराज गिरी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
बिर्तामोड सरसफाई अभियानलाई शुरुवात देखिनै साथ र सहयोग पु¥याउने विभिन्न व्याक्ति तथा संघ–संस्थाहरुलाई प्रशंसा–पत्रले सम्मान गरिएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय विर्तामोडका ढुण्डीराज गिरी, स्थानीय समाजसेवीद्वय गजेन्द्र पौडेल र विरु दर्नाललाई सम्मान गरिएको थियो भने सञ्चार क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएवापत विवेचना दैनिक लगायत अभियानमा सक्रिय संघ–संस्थालाई पनि प्रशंसा–पत्रले सम्मान गरिएको थियो ।
स्रोत साधनको अभावका बाबजुद अभियानले ५०औं हप्ता पूरा गरेकोमा कार्यक्रमका अतिथिहरुले युवाहरुलाई बधाई दिनुका साथै यस कार्यको सह्राहना गरेका थिए ।
त्यसैगरी विर्तामोड सरसफाई समितिका सदस्य सरोज सत्यालले ५० औं हप्तासम्मको अभियानमा युवाहरु निरन्तर जोसका साथ लागीपर्दा पनि सरोकारवाला निकायको पर्याप्त सहयोग नपाएको गुनासो गरे ।
बिर्तामोड सरसफाई समितिका संयोजक हैकम घिसिङको अध्यक्षता तथा सदस्य सरोज पौडेलको सञ्चालनमा कार्यक्रम सञ्चालन भएको थियो । साथै उक्त कार्यक्रम पश्चात मुक्ति चौकबाट पूर्व इलाम स्टेण्डसम्म सरसफाई गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here