फेसबुकले लाईभ स्ट्रिमिङ फिचर प्रयोगमा कडाई गर्ने

0
563

एजेन्सी ।

सामाजिक सञ्जाल फेसबुकले प्रत्यक्ष प्रसारणको व्यवस्था लाईभ स्ट्रिमिङ फिचर प्रयोगमा कडाई गर्ने भएको छ ।

विभिन्न स्थानमा भएका हिंसाको फेसबुकमार्फत प्रत्यक्ष प्रसारण भएपछि फेसबुकले यस्तो निर्णय गरेको हो । अनलाईनमार्फत हुने हिंसा न्यूनीकरणसम्बन्धी विश्वका शक्ति राष्ट्रहरुबीच हुन लागेको छलफल अघि फेसबुकले यस्तो निर्णय गरेको हो ।

कम्पनीले विज्ञप्ति जारी गरी फेसबुक लाईभ प्रयोगमा कडाई गर्ने तथा पहिले नै अनुशासनविपरित काम गरिसकेका प्रयोगकर्तालाई लाईभ प्रयोगमा प्रतिबन्ध लगाउने जनाएको छ ।
गत मार्च १५ मा न्यूजिल्याण्डको क्राइस्टचर्चस्थित २ वटा मस्जिदमा ५१ जनाको ज्यान जाने गरी भएको आक्रमणको आक्रमणकारीले फेसबुकमार्फत प्रत्यक्षप्रसारण गरेपछि सामाजिक सञ्जाल तथा इन्टेरनेटको प्रयोगमार्फत हुने हिंसा तथा अपराध सम्बन्धमा विश्वकै ध्यान खिचिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here