तमोर नदीमा ३ बालबालिका बेपत्ता

0
649

धनकुटा,

धनकुटा नगरपालिका ८ डाँडाटोलका ३ जना बालबालिका तमोर नदीले बगाएर बेपत्ता भएका छन् ।

श्रावण ५ गते दिउँसो ३ बजे स्थानीय शंख बहादुर राईको परिवारसहित याक्चाना घाटमा रहेको आफ्नै खेतमा काम गरिरहेको अवस्थामा बालबालिकाहरु नदीले बेपत्ता बनाएको हो । शंखबहादुरको ९ बर्षीय छोरा संदिप राई, ७ बर्षीया छोरी सलिना राई र ६ बर्षीय संजिला राईलाई तमोर नदिले बगाएको प्रहरीले जनाएको छ ।

नदीले बगाएर बेपत्ता भएकाहरुको स्थानीयवासी र आफन्तले खोजी गर्दा फेला नपरेपछि आज बिहान पौने ११ बजे जिल्ला प्रहरी कार्यालय धनकुटामा खबर गरेका थिए ।

घटनाको जानकारी पाउनसाथ तत्काल उक्त कार्यालय र अन्य सुरक्षा निकायसँग समन्वय गरी बेपत्ता बालबालिकाहरुको खोजीकार्य भईरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here