अछाममा जीप दुर्घटना हुँदा ३ को मृत्यु, ३ घाइते

0
512

अछाम।

अछाममा जीप दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । अछामको रामारोशन गाउँपालिकाको मुजाबगरबाट जयगढ आउँदै गरेको से १ ज ९९५ नम्बरको जीप दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार जिप बान्नीगढी जयगढ गाउँपालिका–५ लिडिको सुकिबाग भन्ने ठाउँमा गएराती पौने ९ बजे दुर्घटनामा परेको हो ।

अछाम प्रहरीका अनुसार दुर्घटनामा बान्नीगढी जयगढ गाउँपालिका–४ का अशोक परियार, यही ठाउँमा काले परियार र बैतडी घर भएका जीपका चालक लाल बोहोराको मृत्यु भएको छ । अशोक परियारको घटनास्थलमै र अन्य २ जनाको उपचारको क्रममा बयालपाटा अस्पतालमा मृत्यु भएको स्रोेतले जनाएको छ ।

स्रोतका अनुसार दुर्घटनामा अन्य ३ जना घाइते भएका छन् । घाइते हुनेमा बान्नीगढी जयगढ गाउँपालिका–४ का तर्क तिमिल्सेना, कैलाली घोडाघोडी नगरपालिकाका जंगिर चौधरी र कैलाली धनगढी उप–महानगरपालिकाका घनश्याम चौधरी रहेको प्रहरीले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here